-यमबहादुर दुरा
विश्व मानचित्रमा नेपालको विशिष्ट स्थान छ । नेपालका थुप्रै विशिष्टताहरुमध्ये चङ्गुलबाट साम्राज्यवादीहरुको बँच्न सक्नु पनि एक हो । विश्वका धेरैजसो मुलुक साम्राज्यवादीहरुको कब्जामा परेर पराधीन बनेको अवस्थामा पनि नेपालको सार्वभौमिकता अक्षुण्ण रह्यो । नेपाल भौगोलिक हिसाबले सानो भए पनि सामरिक र सांगठनिक हिसाबले बलियो भएकोले नै साम्राज्यवादीहरुको हस्तक्षेपको शिकार हुनु परेन ।
यसको अर्थ हो-हाम्रो राष्ट्रियताको जग बलियो थियो, जुन हामी सबै नेपालीका लागि गौरवको विषय हो । हाम्रो राष्ट्रियताको जग त्यसै बलियो भएको थिएन । थुप्रै अग्रजहरुको योगदानबाट हाम्रो राष्ट्रियताको आधार बलियो बनेको थियो । यो तथ्य हरेक राष्ट्रप्रेमीले भुल्नै नहुने पक्ष हो ।
राष्ट्र र राष्ट्रियताको प्रसंग कोट्याउँदा खजे दुराको नाम पनि उल्लेखनीय हुन आउँछ । उनले राष्ट्र र राष्ट्रियताका पक्षमा खेलेको भूमिका प्रशंसनीय देखिन्छ । खजे दुराले शाहवंशीय राजसंस्था स्थापना गर्नमा अतुलनीय योगदान दिएको पाइन्छ । यद्यपि, अहिले शाहवंशीय राजसंस्थाको विघटन भइसकेको छ र हिजोका राजा आज जनता जनार्दन भइसकेका छन् । विगतका क्रियाकलापहरुका कारण राजसंस्था धेरै हदसम्म आलोचित पनि छ । यो कुरा एउटा बेग्लै विश्लेषणको पाटो हो ।
त्यतिबेलाका राजसंस्थाका संस्थापकहरुको नियत खोटो थियो भनेर आरोप लाउने कुनै आधार छैन । त्यो कदम नितान्त असल मनासयका साथ आँटिएको राष्ट्रनिर्माण अभियान थियो । कालान्तरमा राजसंस्था पथभ्रष्ट हुनुमा राष्ट्रनिर्माता खजे दुरा र उनका सहकर्मीहरु दोषी छैनन् ।
यहाँनेर, विस्मृत बनिसकेको खजे दुराको योगदानलाई फेरि एकपटक पछाडि फर्केर चियाउने कोसिस गरौं । इतिहासका पानाहरुमा उल्लेख भएअनुसार बाइसे चौबीसे राज्यकालको एक कालखण्डमा तत्कालीन लमजुङ आन्तरिक किचलोमा फसेको थियो । परिणामस्वरुप राज्यको शक्ति क्षीण हुँदै थियो । त्यतिबेला सत्तासीन शासकसित जनता खुसी थिएनन् । जनता राजनीतिक नेतृत्वको विकल्पको खोजीमा थिए । यसको नेतृत्व खजे दुरा र उनका सहकर्मीहरुले गरे ।
खजे दुराले कास्कीका तत्तकालीन राजा कुलमण्डन शाहका छोरा यशोव्रह्म शाह (जो जसभू शाह नामले पनि परिचित छन्) लाई ज्याबीमा बोकेर ल्याए । यस क्रममा कुसुमाकर, चामु धिंगल, लक्ष्मण दुरा, नारान दुरालगायतका पूर्खाहरुले खजे दुरालाई दिलोज्यानले सघाएका थिए ।
यति धामा गरेर ल्याएको राजालाई लमजुङको दुराडाँडास्थित भाँगु गाउँमा रहेको एक ढुङ्गामा सिंदुरजात्रा गरी राजगद्दीमा बसाएको थियो । त्यो ढुङ्गा आजकल 'सिंदुरे ढुङ्गा' नामले परिचित छ । विसं. १५५० असार १५ गते यशोव्रह्म शाहलाई लमजुङको राजगद्दीमा बसालेको अभिलेख छ । यसरी नेपालमा शाहवंशीय राजसंस्थाको स्थापना भएको थियो ।
हामीले गहिरिएर विचार गर्ने हो भने त्यतिबेलाको राजनीतिक घट्नाक्रमले राजसंस्थाको स्थापनाको सँगसँगै नेपाल राज्यको अटल जग पनि बसालेको देखिन्छ । राज्यको मियोको रुपमा राजसंस्थालाई खडा गर्ने काम खजे दुरा र उनका सहकर्मीहरुले गरे ।
लमजुङमा स्थापना गरिएको राजसंस्थाका उत्तराधिकारीहरु गोरखासम्म विस्तारित भयो र त्यहींबाट नेपाल एकीकरण अभियान शुरु भयो । यद्यपि त्यस अभियानले नेपाललाई भौगोलिक रुपमा मात्र एकीकरण गर्यो, सांस्कृतिक रुपमा एकीकरण गर्न सकेन भन्ने विचार पनि उत्तिकै बलियो गरी आएको छ । यसमा विचारविमर्श गर्न सकिने ठाउँ छ ।
त्यतिबेलाको राजनीतिक दाउपेच जेसुकै भएपनि त्यसले राज्यसंयन्त्रलाई कमजोर हुन नदिई राष्ट्र्र र राष्ट्रियता बचाउने काम गरेका थिए, हाम्रा पूर्खाहरुले । यसमा हामीले गौरव गर्नुपर्छ ।
खजे दुराको गौरवगाथा जोगाउने दिशामा राजनीतिज्ञ एवम् अग्रज समाजसेवी श्रीकान्त अधिकारीले दिनुभएको योगदान वन्दनीय छ । विस्मृत बनिसकेको इतिहासलाई खोजखनिज गरेर दुराडाँडास्थित च्यानपाटा बजारमा खजे दुराको शालिक उभ्याउने काम उहाँकै अगुवाइमा भएको थियो । स्थानीय सर्वोदय माविको रजत जयन्तीको अवसरमा वि.सं. २०३३ मा खजे दुराको पूर्ण कदको शालिक नेपाल सरकारका तत्कालीन परराष्ट्र सचिव यदुनाथ खनालले अनावरण गर्नुभएको थियो ।
त्यस स्थानमा खजे दुराकै नाउँमा एउटा पार्क पनि निर्माण गरिएको छ, जुन खजेपार्क नामले परिचित छ, आजकल । स्मरणीय छ, च्यानपाटा बजार खजे दुराको समाधिस्थल मानिन्छ । स्थानीय गाउँको नाम खजेगाउँ रहेको छ । सम्भवतः यो खजे दुरा बस्ने गाउँ थियो । खजे गाउँमा कालिकाको मन्दिर छ । त्यस मन्दिरमा खजे दुराले पूजाअर्चना गर्थे भन्ने भनाइ छ ।
वि.सं. २०३३ देखि हरेक वर्षको कात्तिक २१ गते 'खजे दुरा स्मृति दिवस' मनाउने परम्परा पनि शुरु गरिएको थियो । सशस्त्र संघर्ष चर्किंदै जाँदा खजे दुरा स्मृति दिवस मनाउने क्रम रोकियो । लोकतन्त्रको आगमनपछि सो दिवस मनाउन पुनः शुरु भएको छ । तर राष्ट्रिय पर्वको रुपमा मनाइनुपर्ने सो दिवस स्थानीय रुपमा मात्र मनाइने गरिएको छ । त्यो पनि नितान्त पातलो उपस्थिति र तामझामरहित अवस्थामा । यो एउटा दु:खद अध्याय हो ।
दु:खको कुरा, खजे दुरा सबैको प्रेरणापुञ्ज हुनुपर्नेमा दुराहरुको मात्र प्रेरणापुञ्ज भएझैं देखिन्छ । यसमा सबैले अपनत्वको भावना विकास गर्नुपर्ने भएको छ ।
वास्तवमा खजे दुरा स्मृति दिवस देशभरि नै गौरवपूर्ण वातावरणमा मनाइनुपर्छ । यसो भएमा मात्र राष्ट्र र राष्ट्रियताका पक्षमा उनले दिएको योगदानको साँचो अर्थमा कदर भएको मानिनेछ । खजे दुराका सम्बन्धमा हामी के कुरामा प्रष्ट हुन आवश्यक छ भने उनी दुराडाँडावासी र दुराहरुका मात्र पूर्खा होइनन्, सगम्र नेपालीका पूर्खा हुन् ।
यिनै पक्षहरुलाई मनन गर्दै सर्वोदय उमाविको राष्टपति डा. रामवरण यादव समक्ष दुरा समुदायको छाता संगठन 'दुरा सेवा समाज' ले एक स्मरणपत्र पेश गरेको छ । सर्वोदय ६० औं वार्षिकोत्सव (हीरक महोत्सव) उद्घाटन समारोहमा दुराडाँडामा पुग्नुभएका राष्ट्रपतिसमक्ष पेश गरिएको स्मरणपत्रमा खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।
समाजका तत्कालीन अध्यक्ष लोकबहादुर दुराले २०६९ साल कात्तिक २० गते पेश गर्नुभएको स्मरणपत्रमा भनिएको छ : 'खजे दुरालाई हामीले राजसंस्थाको संस्थापकको रूपमा भन्दा पनि देशको राजनीतिक स्थितरता र स्वाधीनताका लागि कर्मक्षेत्रमा होम्मिने योद्धाको रूपमा बुझिनुपर्छ । यसैअनुरुप उनको चरित्रचित्रण गरिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।'
समयको प्रवाहसँगै देशमा थुप्रै 'साइबर फेष्टिबल’ हरु भित्रिएका छन् । हामी बहुलवादको पक्षधर भएकाले विविधतामा निम्त्याउने यस्ता ’साइबर फेष्टिबल’ हरु फूलबारीका रङ्गीचङ्गी फूलहरुजस्तै शोभायमान र सुन्दर छन्, हाम्रा लागि । तर बहिरी चाडबाडको मोहजालले हाम्रा मौलिक र रैथाने चाडबाडहरुलाई बिरानो बनाउँदै लगेको छ ।
खासगरी हाम्रा राष्ट्रनिर्माताहरुका सम्झनामा मनाइने चाडबाड हरघडी बिरानो बन्दैछ । योचाहिँ एउटा नमीठो पक्ष हो । बाहिरका राम्रा कुरा पनि अनुशरण गरौं र हाम्रा राम्रा कुराहरुलाई पनि नभुलौँ भन्ने मेरो आशय हो ।
विडम्बना नै भन्नुपर्छ - जसले तयार गरेको धरातलमा उभिएका छौं, उसैलाई सिध्याउने परिपाटी विकास भएको छ । यसलाई 'माकुरे संस्कृति' को परिचायकको रुपमा चित्रण गर्दा अत्युक्ति नहोला । खजे दुरालगायतका हाम्रा राष्ट्रनिर्माताहरुको सम्झनामा मनाइने स्मृति दिवसहरुलाई राष्ट्रिय चाडकै रुपमा मनाउनुपर्छ ।
यसले हामीलाई एकतिर हाम्रा सङ्घर्षशील पूर्खाहरुलाई सम्मान गर्न प्रेरित गर्छ भने अर्कोतिर विस्मृत बन्ने तरखरमा रहेको गौरवपूर्ण इतिहाससँग अद्यावधिक हुन सघाउँछ । यसर्थ हाम्रा राष्ट्रनिर्माताहरुलाई हामीले खोजिखोजी सम्झनुपर्छ । तबमात्र खजे दुरालगायतका तमाम प्रातः स्मरणीय पूर्खाहरुप्रति सच्चा श्रद्धाभाव भल्किनेछ ।
[साभार : नेपाली पोष्ट (नोभेम्बर ०४, २०११) । परिमार्जित संस्करण]
[अद्यावधिक : २०६८।०७।२८, ०६८।०८।०६, ०६८।०८।१४, ०६८।१०।०५, ०६८।१०।१३, ०६८।१०।१५, २०६९।०२।२९, २०६९।०७। १७, २०६९।०८। ०१, २०७०।०७।२०, २०७०।०७।२४, २०७०।१२।०४, २०७१।०३।०३, २०७१।०३।२२, २०७१।०३।२४, २०७४।०७।२१]