Friday, September 2, 2011

आमसञ्चार र नागरिक सबलीकरण

-यमबहादुर दुरा

मानिस गरिब हुनु वा पिछाडिनुका पछाडि केही निश्चित कारणहरु जिम्मेवार हुन्छन् भनिन्छ । सांस्कृतिक उद्भव, आर्थिक अवसर, शिक्षाजस्ता पक्षहरु यसमा जिम्मेवार हुन्छन् भन्ने गरिन्छ । जीवनस्तर र वैचारिक धरातललाई उकास्न आवश्यक पर्ने ज्ञान शीप शिक्षा सूचनाजस्ता महत्वपूर्ण पक्षहरुको अभावमा मानिस गरिबीको कुचक्रमा फसेको पाइन्छ । ज्ञान, शीप, शिक्षा, सूचना आदि मनिसको जीवनलाई सहज र सुखमय बनाउन सघाउने माध्यमहरु हुन् । यिनै जीवनोपयोगी तत्वहरुको सहयोगबाट मानिसलाई गरिबी र पछौटेपनको कुचक्रबाट छुटकारा दिलाउन सकिन्छ भन्ने तथ्यलाई समयले पुष्टि गर्दै लगेको छ ।

समयको प्रवाहसंगै विकासको परिभाषा र मापदण्ड बदलिन थालेको छ । हिजोका दिनमा भौतिक विकासलाई मूल रुपमा विकास मानिन्थ्यो । आजकाल मानिसको सोंचाइमा आउने सकारात्मक परिवर्तन र यसको आड र भरोसामा समग्र विकासलई नै साँचो अर्थमा विकास मान्न थालिएको छ ।

विकासको केन्द्रविन्दु मानिस नै हो । मानिस हरेक हिसाबले सबल र सक्षम नभएसम्म विकासका प्रयासहरु असफल रहन्छन् । यसकारण नागरिकलाई सबल र सक्षम बनाउनु नै विकास प्रयासको पहिलो खुड्किलो मानिन्छ । यसलाई समुन्नत समाजतर्फ लम्किने क्रमको पहिलो पाइला मान्ने गरिन्छ । आफ्नो निर्णय आफैंले गर्न सक्ने,  आफ्नो हैसियत आफैंले चिन्न सक्ने र आफ्नो समस्या आफैंले चिन्न सक्ने अवस्थामा पुगेपछि मात्र मानिस सबल र आत्मनिर्भर भएको मानिन्छ ।

'सूचना नै शक्ति हो' भन्ने भनाइ एक्काइसौं सताब्दीको मूल मन्त्र बन्न पुगेको छ । तर सूचना शक्तिशाली र महत्वपूर्ण हुँदाहुँदै पनि यो प्रवाहित वा संचारित भएन भने अर्थहीन हुन पुग्छ । सूचना प्रवाहित वा संचारित हुनुमा नै यसको महत्व कायम रहन्छ । प्रवाहहीन वा सञ्चारहीन सूचना खानीभित्र थन्किएको हीरामोतीजस्तै हुन्छ, जो महत्वपूर्ण हुँदाहुँदै पनि प्रयोगविहीन भएकोले अर्थहीन हुन पुग्छ ।

सूचना प्रवाहका लागि कुनै न कुनै माध्यमको आवश्यक पर्छ । व्यक्ति-व्यक्ति वा अन्य कुनै माध्यमबाट सूचना प्रवाह वा सम्प्रेषण हुन गर्छ । अहिलेको युगमा सूचना आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । आमसंचार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिका एवम् अनलाइन ले एकै समयमा ठूलो र व्यापक जनसमूहलाई सूचना प्रवाह गर्न सक्ने क्षमता राख्छ । तीव्र गतिमा अघि बढिरहेको विश्वग्राम (Global Village) मा तीव्र गतिमै सूचना प्रवाह गर्न सक्ने भएकोले आमसंचार माध्यमको अतुलनीय भूमिका रहेको छ ।

सही समयमा प्रवाह गरिएको सही सूचनाले नागरिकलाई सक्षम बनाउन सघाउँछ । क्यान्सर लागेको बिरामीले रोगबारे समयमै जानकारी पाएमा उसको जीवन बच्न सक्छ । आँधी-तुफानबारे समयमै जानकारी दिन सकिएमा सम्भावित विनाशबाट जनधन जोगाउन सकिन्छ ।

सूचना कति शक्तिशाली छ भन्ने कुरा अथ्र्याउन एउटा प्रसंग कोट्याउनु सान्दर्भिक नै होला । सोभियत संघले नेतृत्व गरेको कम्युनिष्ट धार र संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको प्रजातान्त्रिक धारबीच सन् १९६० देखि सन् १९८९ सम्म शीत युद्ध (Cold War) चल्यो । यस शीत युद्धको छिनोफानो गोलाबारुदले नभई आमसञ्चार माध्यमले गरेको घट्ना स्मरणीय छ ।

बीबीसी, भ्वाइस अफ अमेरिकाजस्ता पश्चिमा आमसञ्चार माध्यमले प्रवाह गरेको सूचनाले कम्युनिष्ट शासन पद्धतिबिरुद्ध व्यापक जनमत तयार भयो । परिणमस्वरुप सन् १९९० सम्म आइपुग्दा नपुग्दै पूर्वी यूरोप र सोभियत संघबाट कम्युनिष्ट शासन व्यवस्था अन्त्य भयो । यसका पछाडि सूचनाको नितान्त महत्वपूर्ण भूमिका रह्यो ।

 सूचनाको महत्वबारे आमसञ्चार र पत्रकारिता (२०६४) नामक पुस्तकमा भनिएको छ: 'जो सूचना-सम्पन्न व्यक्ति छ, उ संसारमा जहीकहीं पनि अग्रणी हुन्छ । प्राचीन नीतिशास्त्रहरुले 'विद्वान सर्वत्र पूज्यते' भनेझैं आजको युगमा सूचना-सम्पन्न व्यक्ति सर्वत्र पूजिन्छ भन्न सकिने स्थिति छ ।'

अहिलेको युगमा मानिसको वैभव जाँच्ने माध्यम सूचना बनेको छ । कुनै व्यक्तिले आर्जन गरेको धन सम्पत्तिको थुप्रोले नभई उसले आर्जन गरेको सूचनाले ऊ कत्तिको वैभवशाली एवम् शक्तिशाली छ भन्ने बुझाउँछ । सुसूचित व्यक्तिले (सम्पत्तिको मात्र धनी सूचनाको धनी होइन) लाई धेरै हिसाबले पछि पार्न सक्छ । यसै प्रसंगमा वाल्टर वि्रस्टनले भनेका थिए, 'विश्व अर्थतन्त्रमा सूचनाको सूचाङ्कले सुनको सूचाङ्कलाई बदलिदिएको छ ।' यिनै दृष्टान्तले सूचना कति महत्वपूर्ण छ भन्ने तथ्यको साविती बयान दिन्छ ।

अहिलेको दौडधूप समयमा समसामयिक सूचना प्राप्तिका लागि आमसञ्चार माध्यमहरुमा भर पर्नुपर्ने अवस्था छ  तर आमसञ्चार माध्यमहरुले संधैभरि सही र तथ्यपूर्ण सूचना प्रवाह गर्छ भन्न सकिन्न । मानवीय गल्तीका कारण प्रवाह हुने गलत सूचनाको अतिरिक्त कतिपय अवस्थामा आमसञ्चार माध्यमहरुले नियतवश नै समाजलाई दिग्भ्रमित तुल्याउने किसिमका समाचार एवम् सूचना दिने गरेका थुप्रै दृष्टान्तहरु पनि छन् । यसका पछाडि व्यापार राजनीति एवम् लगानीसंग गाँसिएका स्वार्थहरु जिम्मेवार छन् ।

समतामूलक शोषणरहित एवम् सहअस्तित्वपूर्ण समाज तयार पार्न आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । यसले समाजका कुकृत्यप्रति औंला तेस्र्याउने र असल-महान् कामहरुप्रति हौसला प्रदान गर्ने गर्छ । आमसञ्चार माध्यमका यस्ता कामहरुले समग्रमा नागरिकलाई सबल बनाउन सघाउँछ । तर आमसञ्चार माध्यमले व्यापारिक एवम् राजनीतिक स्वार्थमा डुबेर कुकृत्य पनि गर्न सक्छ । अर्थात् दिनुपर्ने सूचना लुकाउने र गलत सूचना प्रवाह गर्ने काम गर्न सक्छ ।

यस्तो अवस्थामा समाजको पहरेदार मानिएको आमसञ्चार माध्यमप्रति नै औंला ठड्याउनुपर्ने हुन्छ । यो काम सजिलो छैन । गलत स्वार्थपूर्तिका  माध्यमले गर्ने नाजायज साँठगाँठ अदृश्य हुन्छ । यस्ता क्रियाकलापहरु नागरिकको जानकारीमा नै आउँदैन, जुन समाजका लागि नितान्त घातक हुन्छ । आमसञ्चार माध्यम दुईधारे तरबार हो । यसले नागरिकलाई सबल र दुर्बल दुबै बनाउन सक्छ । आमसञ्चार माध्यमलाई नागरिकप्रति जिम्मवार तुल्याउन र नागरिक सबलीकरणमा सहयोगी बनाउन नागरिक सचेतना पनि उत्तिकै आवश्यक छ ।

[साभार : अनलाइन समाचारपत्र नेपाली पोष्ट  (सेप्टेम्बर १, २०११) ।  यस लेखको पूर्वसंस्करण  रेडियो नेपालको मुखपत्र झङ्कर (वर्ष ५१ संयुक्ताङ्क , २०५८) मा 'आत्मनिर्भरतामा आमसञ्चारको भूमिका' शीर्षकमा प्रकाशित  ।

[२०६८।१०।१२, २०६९।०८।०६]

Thursday, August 25, 2011

सञ्चारमाध्यमको नियमन र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न

-यमबहादुर दुरा

 पृष्ठभूमि

लोकतान्त्रिक शासनप्रणालीमा राज्यशक्तिको स्रोतको रुपमा नागरिकलाई लिने गरिन्छ । नागरिकलाई शक्ति र अधिकारले जति बढी सम्पन्न बनाउँदै लगिन्छ त्यति नै लोकतान्त्रिक शासनप्रणालीको जग बलियो हुँदै जान्छ भन्ने मान्यताले अहिले मूलधार ग्रहण गर्दै गएको छ । शक्ति संतुलन शक्ति पृथकीकरण एवम् सुशासनको मूलभूत सिद्धान्तमा आधारित शासन व्यवस्था र स्वच्छ/पारदर्शी न्यायप्रणालीले नागरिक र लोकतान्त्रिक परिपाटी दुबैलाई सबल बनाउँछ भन्ने धारणा अब साझा मन्त्र बनेको छ ।

यस साझा मन्त्रलाई सार्थक बनाउन सघाउने महत्वपूर्ण र अपरिहार्य सहयोगीहरुमध्ये सञ्चारमाध्यम पत्रपत्रिका रेडियो टेलिभिजन एवम् अन्लाइन पनि एक हो । समग्रमा सञ्चारमाध्यमलाई 'मिडिया' नामले चिन्ने गरिन्छ । समयको प्रवाहसंगै सञ्चारमाध्यमसित संगीत उद्योग (Music Industry) र मनोराजन उद्योग (Entertainment Industry) को नाता घनिष्ट रुपमा गाँसिन थालेको छ । यसबाट सञ्चारमाध्यमको दायरा अझ फराकिलो हुँदै गएको छ ।

सञ्चारमाध्यकमले लोकतान्त्रिक परिपाटीको सुदृढीकरण र नागरिक सबलीकरणका समग्र अजेण्डाहरुलाई जनस्तरको फराकिलो घेरासम्म विस्तार गर्ने र त्यसैमार्फत स्वच्छ जनमत तयार गर्न सघाउँछ । आमनागरिकलाई यति सघन र व्यापक रुपमा क्षणभरमै तरङ्गित गरेर जनलहर पैदा गर्ने काम सञ्चारमाध्यमले नै गर्नसक्छ ।

'अप्रिल क्रान्ति' भनेर चिनिएको जनआन्दोलन २०६२/०६३ का क्रममा प्रदर्शनकारीहरुमाथि भएको निर्मम कुटाइका दृश्यहरु निजी क्षेत्रका टेलिभिजिन च्यानलले एकपछि अर्को गरी प्रसारण गरेका थिए । राजाको सरकारको यसप्रकारको क्रुर र अलोकतान्त्रिक कार्यशैली देखेपछि हजारौं नागरिक विरोध प्रर्दशनमा निस्केका घट्ना धेरैको स्मृतिपटलमा अझै पनि ताजै छ । त्यसैले कोल्टो फेर्न खोजिरहेको समाजलाई बदल्न सक्नॆ तागत मिडियासंग हुन्छ ।

अझ सूक्ष्म रुपमा हेर्दा सञ्चारमाध्यमले आमनागरिकलाई सुसूचित गर्ने राज्य एवम् नीतिनिर्माण तहमा जनभावनालाई मुखरित गर्ने,  भ्रष्टाचारलगायतका विकृतिविरुद्ध जनमत तयार पार्ने, नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शिक्षित तुल्याउनेजस्ता जनहितकारी काम गरेर सर्वसाधारण नागरिकलाई सबलीकरण गर्ने दिशामा योगदान पुर्याउँछ । यसले अन्ततः लोकतान्त्रिक परिपाटीलाई दरिलो बनाउँछ । यसबाट लोकतान्त्रिक परिपाटीमा सञ्चारमाध्यमको महत्वको औचित्य पुष्टि हुन्छ ।

विचार र अभिव्यक्ति स्वतन्त्रताका कुरा

विचार र अभिव्यक्ति स्वतन्त्रतालाई नागरिकको नितान्त मौलिक एवम् आधारभूत अधिकारकॊ रुपमा लिने गरिन्छ । प्रथम र दोस्रो विश्वयुद्धका क्रममा विश्वभरका युद्धपीडित नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालगायत तमाम अधिकारहरुको चरम हनन भएको पृष्ठभूमिमा सन् १९४८ मा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणपत्र जारी भयो । यस घोषणापत्रलाई विचार  अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कोशेढुँगाको रुपमा लिने गरिन्छ ।

उक्त घोषणापत्रको धारा १९ मा लेखिएको छ: 'हरेक व्यक्तिलाई विचार र अभिव्यक्ति सवतन्त्रताको हक हुनेछ । यसअन्तर्गत विना कुनै हस्तक्षेप विचार राख्न पाउने र विना रोकतोक कुनै पनि माध्यमबाट मत ग्रहण गर्ने खोज्ने र प्रसार गर्ने अधिकारसमेत हुनेछ ।'

संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी घोषणपत्रको धारा १९ मा विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रावधान उल्लिखित भएकोले भारतलगायतका कतिपय मुलुकहरुले आफ्ना संविधान धारा  १९ मा नै उक्त प्रावधानलाई समावेश गरेका छन् । 

यसैगरी, सन् १९६६ मा जारी भएको 'नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध' को धारा १९ मा नै विचार र अभिव्यक्ति स्वतन्त्रताको कुरा उल्लेख छ । उक्त धारामा भनिएको छः

१. प्रत्येक व्यक्तिलाई कुनै हस्तक्षेप विना विचार राख्ने अधिकार रहनेछ ।

२. प्रत्येक व्यक्तिलाई अभिव्यक्तिको स्वतन्त्रता रहनेछ । 

यसअन्तर्गत सम्पूर्ण प्रकारका सूचना तथा विचार कुनै बन्देज विना मौखिक लिखित अथवा मुद्रित कलात्मक रुपमा आफ्नो छनोटका माध्यममार्पुत् खोज्ने प्राप्त गर्ने तथा दिने स्वतन्त्रता  समावेश रहनेछ । 

यूरोपियन मानव अधिकार आयोग र मानव अधिकारसम्बन्धी यूरोपियन महासन्धिकॊ धारा १० विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरिएको छ ।

विचार र अभिव्यक्ति स्वतन्त्रताका सीमाहरु

नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता वर्तमान विश्व समुदायले जतिसुकै उच्च प्राथमिकता दिएपनि यो स्वतन्त्रता सीमाविहीन भने छैन । यसमा उचित किसिमले नियन्त्रण हुने र हुनुपर्ने थुप्रै मुनासिव आधारहरु भेन्छिन् । तर यस्तो नियन्त्रण स्वेच्छाचारी नभई लोकतान्त्रिक परिपाटीअन्तर्गत बनेको कानुनद्वारा निर्देशित हुनुपर्नेमा विचार र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु जोड दिन्छन् ।

खासगरी साम्प्रदायिक सद्भाव बिथोल्ने सार्वजनिक शिष्टाचार र नैतिकतामा प्रतिकूल असर पर्ने, नागरिकको इज्जत र प्रतिष्ठामा धक्का पुग्ने, गाली बेइज्जती हुने, युद्धका लागि गरिने एकपक्षीय प्रचारप्रसारमा सहयोग पुग्ने अपराध गर्न प्रोत्साहन मिल्नेलगायतका विचार र अभिव्यक्तिले समाजमा अस्थिरता र असामन्जस्य निम्त्याउने भएकोले यस्ता खाले विचार र अभिव्यक्तिलाई विश्वव्यापी रुपमै नियन्त्रण गरिएको पाइन्छ ।

यसै सन्दर्भमा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध-१९६६ को धारा १९ को उपधाराहरुमा विचार र अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न विशेष कर्तव्य र जिम्मेवारी पालना गर्नुपर्ने कुरा पनि उल्लिखित छ । यसअनुरुप अरुको अधिकार र प्रतिष्ठाको सम्मान गर्न एवम् सार्वजनिक नैतिकता र सुव्यवस्था कायम गर्न कानुनले निर्दिष्ट गरेबमोजिम विचार र अभिव्यक्तिमा नियन्त्रण हुनसक्ने व्यवस्था गरेको छ ।

यसैगरी सोही अनुबन्धको धारा २० मा युद्धका लागि एकपक्षीय प्रचारप्रसार (Propaganda) गर्ने एवम् भेदभाव, शत्रुता, हिंसा, जातीय र धार्मिक घृणा बढाउने खालका विचार र अभिव्यक्तिलाई कानुनअनुसार नियन्त्रण गर्न सकिने प्रावधान छ ।

यिनै प्रसंगहरुको सेरोफेरोमा विचार विमर्श गर्दा शान्तिका लागि प्रसारण माध्यमको उपयोगसम्बन्धी सम्मेलन, १९३६; गल्ती संशोधनबारे अन्तर्राष्ट्रिय अधिकारसम्बन्धी सम्मेलन, १९५२; र शान्ति प्रबद्र्धनका लागि आमसंचारका माध्यमले दिनुपर्ने योगदानका सम्बन्धमा युनेस्कोले जारी गरेको घोषणापत्र, १९७८ ले युद्ध र जातिभेदलाई निम्त्याउने एवम् मानव अधिकारको हनन् हुने गरी गरिएको विचार र अभिव्यक्तिमा प्रतिबन्ध लगाउनका लागि दिएको सुझाव पनि यहाँ उत्तिकै सान्दर्भिक हुन आउँछ ।

नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२ (२) को प्रबिन्धात्मक वाक्यांश १, २ र ३ ले सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पार्ने सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेलगायतका विचार र अभिव्यक्तिमाथि मुनासिब प्रतिबन्ध लगाउन सक्ने प्रावधान थियो ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ (३) को प्रतिबन्धात्मक वाक्यांश १, २, ३, ४ र ५ मा पनि नेपालको सार्वभौमसत्ता वा अखण्डतामा असर पर्ने; जात जाति धर्म वा सम्प्रदायहरुबीको सुसम्बन्ध खलल पार्ने; सार्वजनिक नैतिकताको प्रतिकूल हुर्ने; सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पार्ने; गाली बेइज्जती हुने वा अदालतको अवहेलना हुनेजस्ता कार्यमा मुनासिब प्रतिबन्ध लगाउने गरी कानुन बनाउन सकिने प्रावधानको व्यवस्था गरिएको छ ।

यी दृष्टान्तहरुबाट विचार र अभिव्यक्ति स्वतन्त्रताहरु सीमाविहीन छैनन् भन्ने तथ्य प्रष्ट हुन्छ । तर विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएका यी नियन्त्रणहरु विवादरहित भने छैनन् । खासगरी राजनीतिक उद्देश्यका लागि सशस्त्र संघर्षमा उत्रिएका समूहहरुले यस्ता नियन्त्रण चर्को रुपमा विरोध गरेको पाइन्छ ।

नेपालमा साचारमाध्यम नियमनका प्रसंगहरु

वि. सं. २०५८ वैशाख २४ गतेदेखि 'गोरखापत्र' प्रकाशित भएपछि नेपालमा समाचारपत्र प्रकाशनको कालखण्ड शुरु भएको मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री देव शमसेरको अगुवाइ र निर्देशनमा शुरु भएको मानिएको गोरखापत्रको प्रकाशन प्रक्रिया, खर्च विवरण एवम् छाप्न हुने र हुने नहुने विषयहरु समेटी एक सनद (आदेश) जारी गरिएको थियो ।

पण्डित नरदेव पाण्डेको नामबाट जारी भएको त्यस सनदलाई नै नेपालमा प्रेससम्बन्धी पहिलो कानुन मानिन्छ । किनभने त्यस सनदलाई नै गोरखापत्रले कानुन सरह पालना गर्नुपथ्र्यो । त्यसलाई नै नेपालमा सञ्चारमाध्यमको नियमनको प्रारम्भविन्दु मान्न सकिन्छ ।

यसपछि  १९७० सालमा चन्द्र शमसेर 'मुलुकी ऐन संशोधन' गरी अदलको महल ३१ मा कुनै पनि पुस्तक वा पत्रपत्रिका छाप्नुअघि 'गोरखा भाषा प्रकाशिनी समिति' मा लगेर जँचाउनुपर्ने र त्यहाँबाट अनुमति प्राप्त गरेपछिमात्र छाप्न सकने व्यवस्था गरेको थियो । यस दफाले पूर्वप्रतिबन्धको सिद्धान्तलाई अंगिकार गरेको पाइन्छ ।
 
यसैगरी  २००५ सालमा जारी भएको 'छापाखाना र प्रकाशनसम्बन्धी ऐन' को दफा ६ मा ज्यान मार्न सुर्याउने अफिसर वा पल्टनिया जवानलाई राजभक्ति र कर्तव्यबाट बिचलित बनाउने, श्री ५ र श्री ३ को गाथागद्दी ताक्ने, कसैलाई आतंकित पार्ने शासन व्यवस्थामा खलल पार्नेलगायतका १४ वटा बुँदाहरु छाप्न नहुने व्यवस्थाअन्तर्गत उल्लेख गरिएको थियो ।

उता, वि. सं. २००८ सालमा जारी भएको 'नेपाल छापाखाना र प्रकाशन रजिष्ट्रीसम्बन्धी ऐन' ले पुस्तक छापिएको ठाउँ र छापाखानाको नाउँ खुलाउनुपर्ने छापिएको पुस्तक वा अखबारको दुईप्रति गृहमन्त्रालयमा बुझाउनुपर्नेलगायतका प्रावधानहरु उल्लिखित थिए ।

छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २००९ को दफा ५ (१) ले राजा र राजपरिवार तथा नेपालस्थित राजदूतहरुप्रति घृणा र निरादर गराउनेलगायतका नौवटा बुँदाहरमा बन्देजात्मक व्यवस्था गरेको थियो । वि. सं. २०१० वैशाख १४ गते त्यस ऐनमा पहिलो संशोधन गरियो । यस संशोधनले पनि राजा र राजपरिवार नेपालस्थित राजदूतहरुप्रति घृणा र निरादर गर्ने सामग्री प्रकाशन गर्न नपाउने कुरामा पुनः जोड दियो ।  संशोधित व्यवस्थाअनुसार थुप्रै पत्रपत्रिकाहरु जफत भएको र कतिको त अनुमतिपत्रसमेत रद्द भएको अभिलेख भेटिन्छ ।

वि. सं.२०१४ मा छापाखाना र प्रकाशनसम्बन्धी ऐन २००९ मा भएको दोस्रो संशोधनले राजा र राजपरिवारप्रति टिप्पणी गर्न फेरि पनि प्रतिवन्ध लगाएको पाइन्छ ।

छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०१९ ले पनि थुप्रै बन्देजात्मक व्यवस्थाहरु गरेको थियो । यसमा पनि राजा राजपरिवार र एकदलीय पंचायती व्यवस्थालाई जोगाउन प्रत्यक्ष व परोक्ष रुपमा आधारहरु खडा गरेको पाइन्छ ।

उता बैसठ्ठी वर्षअभिदेखि प्रकाशित हुँदै आएको गोरखापत्रको प्रकाशनलाई व्यवस्थित गर्न 'गोरखापत्र संस्थान ऐन २०१९' जारी गरियो ।

 पूर्ववर्ती  २०१९ सालको ऐनलाई खारेज गर्दै २०३२ सालमा जारी भएको 'छापाखाना र प्रकाशनसम्बन्धी ऐन' ले राजा राजपरिवार र  पञ्चायती व्यवस्थामा खलल पुग्नेगरी प्रकाशन गर्न प्रतिबन्ध लगायो । यस प्रावधानलाई अवज्ञा गरेमा छापिएका प्रकाशन जफत हुने ५ हजार रुपियाँसम्म जरिवाना हुने र प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था गरिएको थियो । यस अवधिमा थुपै पत्रपत्रिका सरकारी नियन्त्रणको शिकार भए ।

वि. सं. २०३६ जेठ १६ गते राजदरबारबाट प्रकाशित एक विज्ञप्तिमा 'राष्ट्रिय जनमत दुई मूलभूत प्रश्नहरुमध्ये कुनचाहिं रोज्ने र तयसको पक्ष वा विपक्षमा आफूलाई लागेको कुरा निर्धक्क र आफ्नो मत वा कुरा संयमपूर्वक अभिव्यक्त गर्न गराउन वा आमसभा बैठक लेख टीकाटिप्पणी वा आलोचना समालोचना लेख्न वा प्रचार गर्नसमेत सम्पूर्ण नेपालीलाई पूर्ण छुट प्रदान गरिबक्सेको छ ।' भन्ने व्यहोरा उल्लिखित थियो ।

बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायती व्यवस्था कुन रोज्ने भन्ने विषयमा जनमत संग्रह घोषणा भएको सन्दर्भमा उक्त आएको थियो । वि. स. २०३७  वैशाख २० गते सम्पन्न जनमत संग्रहको नतिजाअनुसार सुधारिएको पंचायती व्यवस्थाको पक्ष जनमत आएको घोषणासंगै राजनीतिक स्वतन्त्रतामाथि फेरि पनि प्रतिबन्ध लगाइयो।

जनमत संग्रह सकिएपछि सरकारले जेठ १६ गते वाक तथा प्रकाशन स्वतन्त्रता अध्यादेश २०३७ जारी गर्यो र साउन २९ गते ऐनको रुप दिई जारी गर्यो । उक्त ऐनमा चित्त नबुझेमा कानुनी उपचारको बाटो रोज्न सकिने व्यवस्था पनि गरिएको थियो ।

वि. सं. २०४६ देशमा सालको राजनीतिक आन्दोलनपछि स्थापित सरकारले वि. सं. २०४८ सालमा छापाखाना र प्रकाशनसम्बन्धी ऐन-२०४८ जारी गर्यो । यो ऐन तुलनात्मक रुपमा प्रजातान्त्रिक भए पनि यसमा पनि  पञ्चायतकालीन ऐनमा जस्तै राजा र राजपरिवारको बारेमा टीका-टिप्पणी गर्न छुट दिइएको थिएन ।

२०४९ सालमा जारी भएको 'राष्ट्रिय संचार नीति' ले रेडियो प्रसारणमा निजी क्षेत्रको सहभागिताका लागि ढोका खोलिदियो । तर त्यसमा उल्लिखित 'मनोराजन र शिक्षामूलक कार्यक्रम प्रसारण गर्न निजी क्षेत्रमा एफएम रेडियो सञ्चालन गर्न दिइने' भन्ने वाक्यांशले रेडियोको दायरालाई फराकिलो हुन भने दिएन । यसले सूचनामूलक समाचार विचार विश्लेषण आदि कार्यक्रमलाई ठाउँ दिएन ।

सरकारी अकर्मन्यताका कारण थुप्रै हण्डर खाएका एफएम प्रसारकहरको नाममा २०५७ पुस १८ र माघ २ गते एफएम प्रसारकहरको नाममा बन्देजात्मक निर्देशन जारी गर्यो । निर्देशानुसार स्टेसनका अध्यक्ष स्टेसन म्यानेजरसहित तीनजनाको कार्यक्रम सञ्चालक बोर्डमा मन्त्रालयको प्रतिनिधिलाई अनिवार्य रुपमा समेटेर उसको सहमतिबमोजिमका कार्यक्रममात्रै प्रसारण गर्नुपर्ने, उनको अनुपस्थितिमा बैठक बस्न नसक्ने, कार्यक्रमको विवरण एकसाताअघि नै मन्त्रालयमा पठाउनुपर्ने, एफएम प्रसारण संस्थाहरुले आफ्नै स्रोतबाट समाचार संकलन गरी प्रसारण गर्न नपाउने, केबल सरकारी सञ्चारमाध्यमबाट प्राप्त समाचार सामग्रीहरु प्रसारण गर्न पाइने, सरकारी प्रतिनिधिले अस्वीकार गरेको कुनै पनि कार्यक्रम प्रसारण गर्न नपाउने अवस्था आयो । यसबाट रेडियो प्रसारकहरुका लागि असजिलो स्थिति खडा भयो ।

 वि. सं. २०५२  फागुन १ गतेदेखि नेकपा माओवादीले देशमा सशस्त्र आन्दोलन शुरु गरेपछि संचारमाध्यमहरुले नजानिदो र क्रमिक रुपमा अप्ठेरो अवस्थाको सामना गर्नुपर्यो । देशमा माओवादी आन्दोलन चर्किदै जाँदा वि. सं. २०५८ साल मंसिर ११ गतेदेखि देशमा संकटकाल लागू भयो । यसबाट नेपाल अधिराज्यको संविधान-२०४७ ले दिएका सबै मौलिक हकहरु निलम्बनमा परे । यसबाट सञ्चारमाध्यमहरुले समाचार संकलनदेखि प्रकाशन/प्रसारणसम्मको चक्र पूरा गर्न सिलसिलामा थुप्रै अप्ठेरो भोगे ।

माओवादी आन्दोलन झन् झन् चर्किदै गइरेहको बेला वि. सं. २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले देशको शासनको सम्पूर्ण अभिभारा आफैंले लिएपछि सत्ता मिडियाप्रति निकै आक्रमक बन्यो । राजा ज्ञानेन्द्रको शाही घोषणालगत्तै संचारमाध्यमको कार्यालयमा सेना पठाएर प्रकाशन र प्रसारण बन्द गर्न लगाउनुका साथै इमेल इन्टरनेट एवम् टेलिफोन सेवा बन्द गर्ने काम भयो । राजा ज्ञानेन्द्रको १५ महिनाको शासनकालमा मोबाइल सेवा चारपटकसम्म बन्द गरियो ।

तत्कालीन सरकारले 'सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२' नाम राखी कात्तिक २३ गते जारी गर्यो । यस अध्यादेशमार्फत सरकारले  रेडियो ऐन-२०१४, राष्ट्रिय समाचार समिति ऐन-२०१९,  छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन-२०४८,  प्रेस काउन्सिल ऐन-२०४८ राष्ट्रिय प्रसारण ऐन-२०४९ र गाली बेइज्जती ऐन-२०१६ गरी सञ्चारसम्बन्धी ६ वटा ऐनमा संशोधन गरी अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्यो ।

संचारमाध्यमको नियमन र नियन्त्रणका यी तमाम दृष्टान्तहरु मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र-१९४८ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध-१९६६ र नेपाल अधिराज्यको संविधान-२०४७ र त्यसपछि बनेका सम्वैधानिक प्रावधानहरुको विपरीत हुने देखिन्छ । त्यसैगरी पूर्वोल्लिखित नियमन र नियन्त्रण सूचनाको अधिकतम सार्वजनिकीकरण सिद्धान्तको विरुद्ध हुने पाइन्छ ।

नेपालमा सञ्चारमाध्यमको नियमनको कुरा गर्दा फ्रेड एस. साइवर्ट, थियोडोर पिटरसन र विलवर स्रामले प्रतिपादन गरॆका प्रेसका सिद्धान्तका मूलभूत मर्महरुसंग दाँजेर हेर्न सकिन्छ । उनीहरुले अधिनायकवादी सिद्धान्त स्वच्छन्दतावादी सिद्धान्त सामाजिक जिम्मेवारी सिद्धान्त र  सोभियत सर्वसत्तावादी सिद्धान्त गरी 'प्रेसका चार सिद्धान्त' प्रतिपादन गरेका थिए । यीमध्ये नेपालमा सोभियत सर्वसत्तावदी सिद्धान्तको उपयोग भएको पाइन्न बाँकी सबै प्रेस सिद्धान्तको प्रयोग भएको पाइन्छ ।

नेपालमा संचारमाध्यमको नियमनको इतिहासलाई  वि. सं. १९६८-२००७,  वि. सं. २००७-१०१७, वि. सं. १०१७ -२०४६ र वि. सं. २०४६ देखि हालसम्म गरी चार कालखण्डमा विभाजन गरेर हेर्न सकिन्छ । वि. सं. १९६८ सालमा गोरखापत्र प्रकाशित भएदेखि २००७ सालसम्मको अवधिलाई अधिनायकवादी सिद्धान्तको रुपमा लिन सकिन्छ । त्यतिबेला राणाहरु सत्तामा थिए । उनीहरुले जनताले जे थाहा पाउनुपर्छ भन्ने सोंच्थे, त्यही दिन्थे । त्यसमाथि जनताले पुनर्विचार गर्ने वा प्रश्न गर्ने मौका पाउँदैनथे । प्रेस पूर्ण रुपमा सत्ताप्रति जिम्मेवार हुनुपथ्र्यो । प्रेस राज्यको दासको रुपमा रहनुपर्ने अवस्था थियो ।

यसैगरी, वि. सं. २००७ देखि २०१७ सालसम्मको कालखण्डलाई अधिनायकवाद र स्वच्छन्दतावाद दुबै सिद्धान्तको संयुक्त रुपको लिन सकिन्छ । त्यस अवधिमा तानाशाही राणा शासनको अन्त्य भइसके पनि प्रजातन्त्रको संस्थागत विकास भइसकेको थिएन । त्यतिबेला सरकारी स्वामित्वको रेडियो नेपालको स्थापना भयो भने नयाँ युगले दिएको स्वतन्त्रताको उपयोग गर्दै निजी क्षेत्रबाट पत्रपत्रिकाहरु प्रकाशित भए । तर निजी क्षेत्रका पत्रपत्रिकाहरु सरकारको पुरातन मानसिकताको शिकार भए । थुपै पत्रपत्रिकाहरु बन्द गराइए ।

वि. सं. २०१७ देखि  २०४६ सालसम्मको कालखण्डमा फेरि पनि अधिनायकवादी सिद्धान्त फर्कियो । अब प्रेस जनताप्रति होइन, सत्ता र राजाप्रति जिम्मेवार हुनुपर्ने अवस्था आयो । यस अवधिमा निजी क्षेत्रका असंख्य पत्रपत्रिकाहरुको दर्ता खारेजी भयो । शासकले भनेको कुरा मात्र सही र यथार्थ मानिने यस सिद्धान्तअनुसार निजी क्षेत्रका पत्रपत्रिकाहरुले उठाएका मुद्दाहरु सरकारलाई अप्रिय लाग्नु स्वाभाविकै थियो । परिणामस्वरुप पत्रपत्रिकाको प्रकाशन बन्द गरिनुका साथै पत्रकारहरुलाई जेलमा कैद गर्ने काम गरियो ।

वि. सं. २०४६ देखि हालसम्मको अवधिलाई सामाजिक उत्तरदायित्यको सिद्धान्तअनुरुप हेर्न सकिन्छ । देशको सहज र उपयुक्त राजनीतिक वातावरण देखेर यस कालखण्डमा निजी क्षेत्रका ठूला दैनिकहरुको प्रकाशन शुरु भयो भने निजी क्षेत्रबाट रेडियो र त्यसपछि टेलिभिजनहरुको पनि प्रसारण शुरु भयो । यसबाट प्रकाशन र प्रसारण क्षेत्रमा सरकारको एकाधिकार तोडियो । यस अवधिमा बहुलवाद, समावेशीकरण, सामाजिक न्याय,  नागरिक अधिकारजस्ता तमाम मुद्दाहरु उठ्न थाले । यसबाट देखेको कुरामात्र उठाउने होइन, यस्ता कुरा उठाउँदा समाजमा पर्नसक्ने प्रभावको बारेमा पनि मिडिया उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने धारणाको प्रवल रुपमा विकास हुन थाल्यो ।

नियमन आवश्यक किन ?

अनुशासन र आत्मसंयम हरेक पेशा क्षेत्र र व्यक्तिका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । सञ्चारमाध्यमको नियमनको सन्दर्भमा केही विरोधाभासपूर्ण अवस्थाहरु भेटिन्छन् । एकथरिको भनाइमा  सञ्चारमाध्यमको नियमन आवश्यक छैन । अर्कोथरिको भनाइमा सञ्चारमाध्यमको नियमन आवश्यक हुन्छ किनभने  सञ्चारमाध्यमको निर्वाध प्रवाहले समाजमा गहिरा र अनुमान गर्न नसकिने विनाशकारी प्रभावहरु पर्न सक्छन् ।

धेरैले  सञ्चारमाध्यमलाई स्वतन्त्र रहन दिनुपर्छ भनेका छन् तर बेलगाम रहन हुनुपर्छ भन्न सकेका छैनन् । लोकतन्त्रको जननी मानिएका पश्चिमा मुलुकहरुले पनि साचारमाध्यमको नियमनका लागि असंख्य ऐन कानुन एवम् नियमाली बनाएको पाइन्छ ।

सत्ता शक्ति र पैसाको आडमा  सञ्चारमाध्यमलाई दुरुपयोग गरेको कयौं उदाहरण भएकाले यसलाई नियमन गर्न आवश्यक छ भन्ने कुरालाई असान्दर्भिक र अनुचित भन्न मिल्दैन भन्ने तर्कहरुमा तुक देखिन्छ ।  सञ्चारमाध्यमको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा यस्ता थुपै् दृष्टान्तहरु भेटिन्छन् । सन् १९३० को दशकतिर उदाएका जर्मनीका हिटलर, इटलीका मुसोलिनी, स्पेनका फ्रांको, पोर्चुगलका सालाजारजस्ता निरंकुशताका पक्षधर शासकहरुले  सञ्चारमाध्यमलाई प्रचारवाजी र प्रोपोगान्डाको यन्त्र बनाउन सकिन्छ दृष्टान्त विश्वसामु पेश गरेर देखाइदिए ।

उता, सशस्त्र बिद्रोही समूह तस्कर लागू औषधिका माफिया आदिबाट संचारमाध्यमलाई संधैभरि खतरा रहने र यसबाट आमनागरिकको सुसूचित हुने अधिकारमा समेत धक्का पुग्ने भएकोले सञ्चारमाध्यमलाई स्वतन्त्र रुपमा आफ्नो कर्तव्य पालना गर्न दिनुपर्छ भन्ने मान्यता पनि उत्तिकै दम देखिन्छ  ।

 सामाजिक एवम् आर्थिक अपराधका कारण कुख्याती कमाएका जमातले अवैध रुपमा जम्मा गरेको कालो धनलाई सञ्चारमाध्यममा लगानी गरेर सेतो धन बनाउने प्रयास गरेको उदाहरणहरु पनि भेटिन्छन् । यसैगरी ठूला व्यापारीले लगानी गरेको सञ्चारमाध्यमले उनका गलत धन्दाको बारेमा मुख खोल्न नसक्ने भएकोले यस्ता सञ्चारमाध्यमलाई नैतिक र कानुनी बन्धनमा राख्नपर्ने आवश्यकतालाई पनि नाजायज भन्न सकिदैन ।

यसैगरी एउटै संस्थाले रेडियो टेलिभिजन एवम् पत्रपत्रिका सञ्चालन गर्न पाएको अवस्थामा यसका लगानीकर्ताहरुको कालो कर्तुत बाहिर नआउने र नगारिकमाथि मिडियामाथि मुठ्ठीभर व्यक्तिहरको हैकम चल्ने अवस्था रहन्छ त्यसैले यस प्रकारको मिडिया स्वमित्वमाथि पनि पुनर्विचार हुनुपर्छ भन्ने बहस पनि समय सान्दर्भिक नै छ ।

 यी सबै दृश्टान्तहरुलाई सञ्चारमाध्यमको नियमन आवश्यक देखिन्छ भन्न करै लाग्छ । तर यसले विचार अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापी मान्यता र आदर्शहरुलाई कुल्चन नहुने कुरामा पनि उत्तिकै गम्भीर हुनुपर्ने देखिन्छ । सञ्चारमाध्यमहरु नागरिकको सुसूचित हुन पाउने सामूहिक चाहनाको सम्वाहक हो । त्यसैले यिनीहरु स्वतन्त्र हुनुपर्छ । तर स्वतन्त्र हुने नाममा देश काल र परिस्थितिसंग निरपेक्ष भने रहन सक्तैन । त्यसैले सामाजिक उत्तरदायित्वको भावना धरातलीय यथार्थ बुभुन सक्ने र तथ्यको वस्तुनिष्ठ विश्लेषण गर्नसक्ने क्षमतालाई सञ्चारमाध्यमका सञ्चालनहरु सञ्चारकर्मीले राम्ररी आत्मसात गर्नुपर्ने देखिन्छ ।

सन्दर्भ सामग्री

नेपाल पत्रकार महासंघ । चैत २०५६ । पत्रकारिता  ।
नेपाल पत्रकार महासंघ । असोज २०६३ । पत्रकारिता
नेपाल प्रेस इंस्टिट्यूट । जेठ-असार २०५९ । खबर । वर्ष ४, अंक ३ ।
क्षेत्री, इन्द्रध्वज । २०६४ । पत्रकारिताः सिद्धान्त र प्रयोग । पृष्ठ १६८-१८१ ।
मेण्डेल, टोवी र पराजुली, शोभाकर । २०६१ । सूचनाको स्वतन्त्रताः एक अध्ययन
पौड्याल, बद्री र मैनाली, रघु । २००७ । संकटकालमा समाचार । काठमाडौं:खोज पत्रकारिता केन्द्र ।
सामुदायिक रेडियो सहयोग केन्द्र /नेपाल वातावरण पत्रकार समूह । २०५८ । रेडियो ।  वर्ष १, अंक ५।
सामुदायिक रेडियो सहयोग केन्द्र/नेपाल वातावरण पत्रकार समूह । २०५८ । रेडियो ।  वर्ष १, अंक ४।
सामुदायिक रेडियो सहयोग केन्द्र/ नेपाल वातावरण पत्रकार समूह । २०५८ । रेडियो ।  वर्ष १, अंक ३।
कसजू, विनयकुमार । २०६३ । मिडियको लोकतान्त्रीकरण । काठमाडौं: संचार अधिकार केन्द्र मिडिया सर्भिसेज इन्टरनेस्नल ।

Adhikary, N. M. (2008). Communication, Media and Journalism: An Integrated Study. Kathmandu:  Prashanti Pustak Bhandar
Kashyap, S. C. 1996. "Press Council of India"
Regmee, R. K. May 27, 2002. "Media freedom, media equality, media diversity" (College Handout), Kathmandu.
Frontline.  February 18, 2000. Broadcasting and citizen's right. pp 81-85.
CEHUDES. December 2000. Free Expression (Millennium Issue). Kathmandu.
CRSC/NEFEJ. March 2002. Off Air. Vol.1 No.5. Kathmandu

[साभार: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रकाशन प्राची (वैशाख-जेठ, २०६५)]

[[अद्यावधिक : २०६८।१०।१९, ०६८।१०।२०, ०६८।११।१७, ०६८।११।१९, २०६९।०८।०६, २०७१।०४।२३]

Tuesday, August 23, 2011

रेडियोमा बोल्दा…

-यमबहादुर दुरा

बोली सृष्टिको अदभूत र अतिशय प्रभावकारी सिर्जना मानिन्छ । बोलीमा प्रयोग हुने शब्दलाई 'शब्दव्रह्म' नामाकरण गरिनुले यसको महत्वलाई दर्साउँछ । बोलीको आदनप्रदानबाट नै मानिसको पारिवारिक एवम् सामाजिक जीवन सम्भव भएको छ । रेडियोको आविष्कारले बोलीको विस्तारमा नयाँ आयाम थपेको छ । रेडियोले एक ठाउँमा बोलिएको बोलीलाई विविधतापूर्ण भूगोलमा बाँचेका हजारौं मानिसहरुबीच पुर् याउन सम्भव बनाएको छ । यसले बोलीको विस्तारमा अतुलनीय सहयोग पुगेको छ । यसबाट 'सूचना संस्कृति' को विकासमात्र भएको छैन, सामाजिक पूँजी र सांस्कृतिक पूँजीको पनि विस्तार भएको छ । यसलाई मानव इतिहासको एउटा सुखद अध्यायको रुपमा लिन सकिन्छ ।

अब, बोलीमार्फत सन्देश प्रवाह गर्ने काममा अतुलनीय भूमिका खेल्ने रेडियोबारे कुरा गरौं । अझ त्यसमा पनि रेडियोमा बोल्ने वक्ताले निर्वाह गर्नुपर्ने भूमिका र बोलिने खजना वा अन्तरवस्तुबारे कुरा गरौं । सामान्यतया रेडियोमा लेख्य भाषा  नभई बोलचालको भाषा प्रयोग गरिन्छ । अर्को शब्दमा भन्दा रेडियोको भाषा भनेको बोलीचालीको भाषा हो । यो लिखित साहित्य होइन । त्यसैले यसमा जटिल शब्द वा जटिल वाक्यरचनाको प्रयोग उपयुक्त मनिदैन । रेडियोबाट प्रवाहित  सन्देश सामान्यभन्दा सामान्य नागरिकले पनि सजिलै बुभुनसक्ने किसिमको हुनुपर्छ । किनभने रेडियोमार्फत प्रसारण हुने सन्देश अपठित श्रोताका लागि पनि हो ।

रेडियोको प्रस्तोतामा विशेष सीप र दक्षता हुनुपर्छ । जटिलभन्दा जटिल विषयलाई पनि सामान्य नागरिकले समेत सजिलै बुझ्नसक्ने गरी प्रस्तुत गर्नसक्ने खुबीलाई विशेष सीप र दक्षता मानिन्छ । यही खुबी नै एकतिर रेडियोकर्मीको तागत नाप्ने माध्यम बन्दछ भने अर्कोतिर स्रोताको मन जित्ने बाटो बन्छ ।

रेडियोको प्रस्तुति कानका लागि हो । त्यसैले रेडियोको बोली सुन्नका लागि सहज हुने खालको हुनुपर्छ । रेडियोमा सकेसम्म श्रुतिमाधुर्य र बोधगम्य भाषाशैली प्रयोग गर्नुपर्छ । रेडियो प्रस्तोताको जिम्मेवारी भनेको रेडियोमा आदर्श छाँट्ने वा विद्वता प्रस्तुत गर्नु नभई सरल र आत्मीय ढंगमा स्रोतालाई कुरा बुझाउनु हो । असहज र अस्वाभाविक प्रस्तुतिले स्रोताको ध्यान भङ्ग गर्छ । यसको सीधा अर्थ हो, रेडियो प्रस्तोताले स्रोता गुमाउनु । रेडियोकर्मीका लागि योभन्दा दुःखद नियति अरु के नै हुन्छ र ! यस्तो दुःखद अवस्था आउन नदिनका लागि रेडियोकर्मीले आफ्ना अस्त्रहरुलाई सही सलामत अवस्थामा राख्नुपर्ने हुन्छ । सही शब्दचयन एवम शब्दसंयोजन रेडियोकर्मीका आधारभूत अस्त्रहरु हुन् ।

सरल बोली नै मीठो

बोलीको माध्यमबाट आफ्नो कार्यक्रमप्रति स्रोताको ध्यान खिचिराख्ने उपाय रेडियोकर्मीले खोज्नुपर्छ । यस उद्देश्य परिपूर्तिका लागि आडम्बरपूर्ण र गहकिला शब्दहरु प्रयोग गर्नुपर्छ भन्ने कतिपयलाई लाग्नसक्छ । तर, यो सोंचाइ गलत हो । आडम्बरपूर्ण र गहकिला शब्दहरुले सन्देशको सहज प्रवाहमा रोकावट ल्याउन सक्छ । त्यसैले आडम्बरपूर्ण र गहकिला शब्दहरुको सट्टा बोलीचालीकै शब्दभण्डारका रैथाने शब्दहरु प्रयोग गर्नु नै राम्रो मानिन्छ । यिनै रैथाने शब्दहरुमा स्रोतालाई मोहनी लाउने तागत हुन्छ । सरल र सरस भाषाशैली भएका छोटा वाक्यहरु स्रोताका लागि प्रिय, रुचिकर र बोधगम्य हुन्छ । रेडियोमा औपचारिक भाषाभन्दा पनि जनस्तरमा प्रयोग हुने अनौपचारिक भाषाशैली प्रयोग गर्नु श्रेयस्कर मानिन्छ । यसो गर्दा स्रोतासँग मित्रवत व्यवहार गरेको ठहरिन्छ ।

यस सन्दर्भमा केही दृष्टान्तहरु हेरौं । 'सप्ताह सम्पन्न भयो' भन्नुभन्दा 'सप्ताह सकियो' भन्नु बढी छुड्किलो र बोधगम्य हुन्छ । 'पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नुभएको थियो' भन्नुको सट्टा 'पण्डित दिनबन्धु पोखरेलले कथा भन्नुभएको थियो' भन्दा सामान्य स्रोताका लागि बढी बोधगम्य हुन्छ । 'सप्ताहको आयोजना स्थानीय आमा समूहले गरेको थियो' भन्नुभन्दा 'सप्ताहको चाँजोपाँजो त्यहीको आमा समूहले  मिलाएकोथियो' भन्दा सामान्य स्रोताको मनमा राम्रोसँग भिज्नसक्छ ।

यसैगरी रेडियो 'स्क्रिप्ट' मा अनुकम्पाको सट्टामा 'दया', 'मानव' को सट्टामा 'मान्छे' असिम प्रेमको सट्टामा नरित्तिने माया, 'नेत्र ' को सट्टामा 'आँखा' प्रयोग गरेमा साधारण स्रोताका लागि बोधगम्य र सरस हुन जान्छ ।

अखबारमा छापिएका सामाग्री एकपटक पढ्दा नबुझिएमा दोहोर् याएर पढ्न सकिन्छ । तर रेडियोबाट प्रसारण भइरहेको सामाग्री एकपटक सुन्दा नबुझिएमा दोहोर् याएर सुन्न पाइँदैन । त्यसकारण रेडियोमा प्रयोग हुने भाषा एकपटक सुन्नेबित्तिकै बुझिने किसिमको हुनुपर्छ अर्थात् अत्यन्त सरल र बोधगम्य हुनुपर्छ।
रेडियोमा बोल्दा पारिभाषिक शब्दावलीहरु (Jargons) र अप्ठेरा शब्दहरु सकेसम्म प्रयोग गरिनुहुँदैन । केही गरी यस्ता शब्दहरु प्रयोग गर्न परेमा त्यसलाई सरल ढंगमा अथ्र्याएरमात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।

ताजापन

रेडियो तत्कालैको माध्यम हो । रेडियाकॊ प्रसारणलाई एकछिनपछि सुन्छु भनेर साँच्न सकिदैन। रेडियो तत्कालका तत्काल सूचना प्रवाह गर्ने माध्यम हो । धेरैभन्दा धेरै मानिसलाई एकैचोटी ताजा सूचना प्रवाह गर्न सक्नुलाई रेडियोको सुन्दर पक्षको रुपमा लिने गरिन्छ ।

प्रसारणमा ताजापनको आभास दिनु पनि उत्तिकै महत्वपूर्ण पक्ष मानिन्छ जसले नयाँ विकासक्रमसित स्रोतालाई साक्षात्कार गर्न सकोस् । यो कुरा हरेक पल बदिलंदै गएको देश र दुनियाँबारे अद्यावधिक हुन चाहने हरेक मानिसको मनोवज्ञानसित गाँसिएको पक्ष पनि हो । स्वाभाविकै हो मानिस हरपल ताजा परिस्थितिको बारेमा जानकारी राख्न चाहन्छ ।

स्टुडियो वरिपरिको ताजा वातावरणबारे जानकारीमात्रले पनि स्रोताले ताजापनको आभास पाउँछ । यसले उसलाई आनन्दित तुल्याउँछ र यसले उसलाई रेडियो सुनिरहन प्रेरित गर्छ । प्रसारणमा ताजापनको आभास दिन सकिने केही उपायहरु यसप्रकार छन् :

(क) कार्यक्रमबारेको जानकारी दिने :

प्रस्तोताले कार्यक्रमको अवधिभर समय समयमा कार्यक्रमबारे जानकारी दिनुपर्छ । जस्तै: अहिले तपाई सुन्दैहुनुहुन्छ फलानो कार्यक्रम र साथमा छु, म फलानो ।

(ख) बाहिरी वातावरणको वर्णन गर्ने :

जस्तैः अहिले स्टुडियोको झ्यालबाट बाहिर हेर्दा उत्तरतिरका हिमाल दन्तलहर खोलेर मुस्कुराइरहेको देखिन्छ । चराहरु खुल्ला आकाशामा कावा खाँदै उडिरहेका छन् ।

(ग) समयको जानकारी (Time check) दिने :

समय बताएर वरिपरिको वातावरणबारे जानकारी दिनु राम्रो हुन्छ । जस्तै: अहिले साँझको ५ बजेर ५५ मिनेट गएको छ । अब घाम डुब्न एक जुवाजति मात्र बाँकी छ ।

अर्को उदाहरण: अहिले दिनको ३ बजेको छ । बाहिर हुरी चलिरहेको छ । हुरीले रुखका हाँगाबिगा यताउता मर्काइरहेको छ ।

'तपाइँ' र 'म'

रेडियोलाई नितान्त व्यक्तिगत माध्यमको रुपमा लिने गरिन्छ । रेडियोको भाषा 'तपाइँ' र 'म' पात्रबीच भएको संवादजस्तो हुनुपर्छ भन्ने मान्यता छ । रेडियो हजारौं स्रोताहरुले सुनिरहेका भए पनि प्रस्तोताले प्रत्येक स्रोतासंग व्यक्तिगत रुपमै कुरा गरिरहेको छ भन्ने अनुभूति दिन प्रस्तोता सफल हुनुपर्छ । यही मनोवैज्ञानिक पक्षबाट निर्देशित भएर स्रोताहरुलाई 'तपाइँ' हरु नभनी 'तपाइँ' भन्ने गरिन्छ । यसमा कुनै नेताले आमसभालाई सम्बोधन गरेजस्तो गरेर 'तपाइँहरु' भिनंदैन । यसको अर्थ हो रेडियोको प्रस्तोता व्यक्तिगतमै स्रोतासँग कुरा गरिरहेको छ भन्ने छाप पार्नु । त्यसमा पनि रेडियोका प्रस्तोता 'मेरै सुखदुःखको बारेमा मसँग कुरा गरिरहेको छु' भन्ने अनुभूति स्रोताले गर्नुपर्ने हुन्छ । त्यसैले रेडियोको प्रस्तुति आत्मीयता झल्किने किसिमको हुनुपर्छ ।

चित्रमय प्रस्तुति

रेडियो श्रव्य माध्यममात्र हो । अर्थात् रेडियो आवाजको माध्यम हो । टेलिभिजनमा जस्तो रेडियोमा दृश्य वा तस्बिर प्रस्तुत गर्न सकिँदैन । यस्तै किसिमले पत्रपत्रिकामा जस्तो रेडियोमा अक्षर कार्टुन तस्बिर ग्राफिक्स् आदि प्रयोग गर्न सकिँदैन । जे भन्नुपर्छ त्यसलाई शब्द र आवाजबाट मात्र व्यक्त गर्नुपर्ने हुन्छ । यो रेडियोका सबैभन्दा ठूलो सीमा हो । अर्को शब्दमा भन्दा यो अवस्था रेडियोकर्मीका लागि यो सबैभन्दा ठूलो चुनौती र अवसर पनि हो ।

रेडियोमा आवाज नै सबथोक मानिन्छ । आवाजबाटै भन्नुपर्ने सबै सन्देश प्रवाह गर्नुपर्ने हुन्छ । सन्देश प्रवाह गर्ने क्रममा शब्द र स्वरको राम्रो समन्वय हुनुपर्छ । रेडियोको मुख्य तागत भनेकै शब्दमा भाव र स्वरमा भावना हुनु हो (मैनाली, २००३:७७)।

रेडियोमा तस्बिर प्रयोग गर्न नसकिने भएकोले त्यसको अभाव पूरा गर्न रेडियोको प्रस्तुति चित्रमय (visualized presentation) हुनुपर्छ । रेडियो प्रस्तोता कुशल कथावाचकजस्तो हुनुपर्छ भनिन्छ । ऊ शब्दचित्र तयार पार्न खप्पिस हुनुपर्छ । शब्द र आवाजको मध्यमबाट स्रोताको आँखा अघिल्तिर तस्बिर वा दृश्य ल्याइदिन सक्षम हुनुपर्छ । त्यो पनि यथार्थ घट्नाको यथार्थ तस्बिर । अनिमात्र उ सफल प्रस्तोता ठहरिन्छ । रेडियोको प्रस्तुतिलाई चित्रमय बनाउने केही उपायहरु छन् :

तुलना

कुनै अवस्था वा वस्तुससंग तुलना गरेर प्रस्तुतिलाई चित्रमय बनाउन सकिन्छ । जस्तै:

हामी सानै छँदा आमा बित्नुभो । तर बुबाले हामी आमा नभएको अनुभूति गर्ने मौका नै दिनुभएन । उहाँले हामीलाई कुखुराको माउले आफ्ना सबै चल्लाहरुलाई पखेटाले छोपेर राखेझै न्यानो माया दिएर हुर्काउनुभयो ।

(यहाँ बाउले छोराछोरीलाई दिएको मायालाई कुखुराको माउले आफ्ना चल्लाहरुलाई दिएको मायासँग दाँजिएको छ । तर यस दृष्तान्त तुलना स्रोताको सुझबुझ (frame of reference) मिल्नुपर्छ । तर कुखुराले चल्ला हुर्काएको नदेखेको मानिसले यसको अर्थ नबुझ्न सक्छ ।)

अर्को उदाहरण: चारैतिर पहाडले घेरिएर बीचमा बटुकोजस्तो परेर बसेको बेंसीको मैदान भागलाई हामी उपत्यका भन्छौं ।

पुरानो पाठ्यक्रम अन्तगतविद्यालय तहको पुस्तकमा रहेका यी हरफहरुबाट उपत्यका भनेको के हो भन्ने कुरा बुझाउन सजिलो हुने देखिन्छ । तर बटुकोसँग परिचित नभएको व्यक्तिका लागि यो उदाहरण बोधगम्य नहुन सक्छ ।

उपमा (Simile)

उपमकहरुको प्रयोगले पनि प्रस्तुतिलाई चित्रमय बनाउन सहयोग पुर् याउँछ । जस्तै:

हिउँजस्तै गोरी
कोइलाजस्तै कालो
सिंहजस्तै बलियो
चुक घोप्ट्याएजस्तै अँध्यारो
बुहारी झारजस्तै लजालु
दुलही अन्माएर पठाएको घरजस्तै सुनसान
डढेलोले खाएको वनजस्तै उजाड
बसन्त ऋतुको बगैंचाजस्तै सुन्दर
कंचनजंघा हिमालजस्तै सफा मन भएकी मेरी मावली हजूरआमा

विरोधाभासपूर्ण अवस्था (Compare and contrast)

विपरीत वा विरोधाभासपूर्ण अवस्थाको चित्रणले पनि प्रस्तुतिलाई चित्रमय बनाउनमा योगदान दिन्छ । यिनीहरुलाई सही सन्दर्भ र सही प्रसंगमा प्रयोग गर्न सकेमा सन्देश निकै प्रभावकारी हुन जान्छ । यस क्रममा प्रस्तुतिमा विपरीत वा विरोधाभासपूर्ण अवस्था झल्काउने उखान गीत वा भनाइहरु प्रयोग गर्न सकिन्छ । जस्तै:

चोरलाई चौतारी साधुलाई सुली (उखान)
कोइलाई भने दहीमा चिनी, मलाई भने पानी नि नदिनी…(लोकगीत)
म मरेको पल तिमी डोली चढ्नू… (गीत)
म माया लाउँदिन, आफू खुसी साइलो दाजु म दुःखी सुहाउँदिन (लोकगीत)
म त हजूर डढेलोको ठूटा जस्तो, मेरो माया पूर्नेको जुन जस्तो  (लोकगीत)
पानसमा बत्ती बालेको, कसरी हेरुँ खै मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको…(लोकगीत)
तिम्रो घरमा नौमती बजाउँदा मलाई लान्छन् जोरशंख फुकेर (लोकगीत)
बाह्र वर्षमा खोलो पनि फर्कन्छ (भनाइ)

तर यसरी प्रयोगमा ल्याइएका तुलना उपमा विरोधाभासपूर्ण अवस्थाको सूचक वास्तविकतासँग मेल खाने किसिमको हुनुपर्छ । यिनीहरुको प्रयोग सही सन्दर्भमा हुनुपर्छ । यसो भएमा मात्र वास्तविक स्थिति दसा्रउन सकिन्छ । गलत सन्दर्भ यिनीहरुको प्रयोग गरियो भने स्रोता भ्रममा पर्न सक्छन् । स्रोतालाई भ्रममा पार्ने काम रेडियोले गर् यो भने त्यो उसको मर्म र धर्मविपरीतको कार्य हुनजान्छ ।

 यस्ता उपमाहरु बढीभन्दा बढी स्रोताहरुले सहजै बुभुन सक्ने वा उनीहरुको सुझबुझ (frame of reference) सँग मेल खाने हुनुपर्छ । बेग्लाबेग्लै सामाजिक एवम् सांस्कृतिक पृष्ठभूमिमा हुर्केका मानिसको सुझबुझ फरक फरक हुनक्छ । जस्तै: गाउँमा हुर्केका पुराना पुस्ताका मानिसलाई ढिकी जाँतो मेलापात पानी-पँधेरा डोको-नाम्लोको दृष्टान्त दिँदा बढी बोधगम्य हुनसक्छ भने शहरमा जन्मेका नयाँ पुस्ताका मानिसका लागि कम्प्युटर, साइबर, रेष्टुराँ आदिको दृष्तान्त प्रस्तुत गर्दा उसले राम्रोसँग सन्देश बुभुनसक्छ । गाउँका मानिसलाई शहरको दृष्टान्त र शहरका मानिसलाई गाउँको दृष्टान्त दिँदा उनीहरु अल्मलिन सक्ने सम्भावना हुनसक्छ । यसो भएमा सन्देश प्रवाहमा रोकावट आउने सम्भावना उत्तिकै रहन्छ ।

समाज र सम्वेदनशीलता

रेडियोका प्रस्तोताले आफ्नो लक्ष्यित स्रोताको सामाजिक एवम् सांस्कृतिक पृष्ठभूमि बुझेको हुनुपर्छ । अझ भनौं उसले समाजलाई राम्रोसँग बुझेको हुनुपर्छ । यति भएर मात्र पनि पुग्दैन । ऊसँग पर्याप्त सम्वेदना पनि हनैपर्छ । त्यसमा पनि नेपालजस्तो जातीय धार्मिक एवम् भाषिक विविधता भएको मुलुक रेडियोकर्मी नितान्त जिम्मेवार र सम्वेदनशील भएर प्रस्तुत हुनुपर्ने हुन्छ । कतिका लागि सुँगुर छुनै नहुने जनवार हो भने कतिका लागि विवाहमा यही  जनावरको टाउको अनिवार्य हुन्छ  । हिन्दू धर्मका अनुयायीहरुका लागि गाई 'गौमाता' को रुपमा पुजनीय जनवार हो भने अंग्रेजहरुका लागि गाई मासुको स्रोतमात्र हुनसक्छ ।

रेडियोका प्रस्तोताले यस्ता सामाजिक एवम् सांस्कृतिक विविधताहरु राम्रोसँग बुभुनुपर्ने हुन्छ । उसले आफ्ना लक्ष्यित स्रोता पहिचान गरेर आवश्यकताअनुसार उपमा विम्ब दृष्टान्तहरु पेश गरेर सन्देश प्रवाह गर्नुपर्ने हुन्छ । यसो गरेमा सन्देश बोधगम्य हुनसक्छ । तर यसो भन्दैमा जस्तोपायो त्यस्तै उपमा विम्ब एवम् दृष्टान्तहरु पेश गर्दा सन्देश दुरुह हुनसक्छ ।

सामाजिक संरचना नबुझीकन प्रयोग गरिएका दृष्टान्त कतिपय अवस्थामा कमजोर ठहरिन्छ भने कुनैबेला भयानक विष्फोटक पनि हुनसक्छ । स्रोताको सुझबुझ (frame of reference) बाहिरका दृष्टान्तहरु प्रस्तुत गर्दा भालूलाई पुराण सुनाएजस्तै अर्थहीन हुनसक्छ भने लिङ्ग जाति वर्ग वा सम्प्रदाय होंच्याउने वा अपमान गर्ने खालका दृष्टान्तहरु प्रयोग भएमा आफू शिशाको महलमा बसेर अरुको घरमा ढुङ्गा हान्ने गरेसरह हुनसक्छ । त्यसैले रेडियोकर्मीमा पर्याप्त सम्वेदनशीलता हुनुपर्छ । सामाजिक एवम् साँस्कृतिक सम्वेदनशीलता नबुझी कसैले रेडियोमा बोल्ने रहर गरेमा त्यो महङ्गो रहर सावित हुनसक्छ ।

निष्कर्ष

रेडियो प्रविधि र कला दुवै हो । माथि उल्लेख गरिएका प्रसंगहरु न्यूनतम आधारभूत पक्षहरु हुन् । यिनीहरु सान्दर्भिक हुँदाहुँदै पनि सबै सन्दर्भ वा अवस्थाहरुमा यी पक्षहरु लाभदायी नहुन सक्छ किनभने व्यवहारिक पक्ष जटिल छ । मानिस संधैजसो व्यवहारिक कठिनाइहरुमा जेलिएको हुन्छ । यी व्यवहारिक कठिनाइहरुलाई छुमन्तर गरेर हटाउनका लागि चाउचाउजस्तो तत्कालै उपयोग गर्न सकिने बनिबनाउ सूत्र सुझाउन कठिन छ ।

 काम गर्दा आइपर्ने व्यवहारिक जटिलतालाई कुशलतापूर्वक आफ्नो वशमा ल्याउनका लागि रेडियो प्रस्तोताले आफ्नो सिर्जनशील क्षमता ज्ञानको गहिराइ र जतिसुकै कठिन परिस्थितिमा पनि नहड्बडाइकन काम सम्पादन गर्नसक्ने खुबी (Presence of mind) लाई परिस्थिति अनुकूल उपयोग गर्नुपर्ने हुन्छ । यही नै बुद्धिमानीपूर्ण कदम ठहर्छ ।

सन्दर्भ सामाग्री :

अधिकारी, निर्मलमणि । वि.सं. २०६४ । उद्घोषण-कला । काठमाडौं: प्रशान्ति पुस्तक भण्डार

मेयरनीयर, पौलदे । मिति अनुल्लिखित । यो समाचार हो: रेडियो समाचार निर्देशिका । काठमाडौं: मोडर्न पब्लिसर एण्ड डिष्ट्रिब्युटसर्स

मैनाली, रघु । सन् २००३ । रेडियो पद्धति । काठमाडौं : नेपाल प्रेस इंस्टिट्यूट ।

[साभार : मदन भण्डारी मेमोरियल कलेजको  स्मारिका स्वेत शार्दूल (२०६८) । सामान्य सम्पादन सहित]

[अद्यावधिक :  २०६८ । १० । १२, ०६८।१०।१६, ०६८।११।२१, २०६९।०१।३१, २०६९।१२।१८, २०७१।०४।२५, २०७६।१२।१८]

Friday, July 1, 2011

Role of Folk Media in the Age of Information Technology



-Yam Bahadur Dura

Abstract

This article tries to introduce folk media in Nepali context, which gives an overview how folk media is being used to bridge the cross-section of Nepali society.  This article makes some attempts to shed light on importance of folk in Nepali society. Also, it speaks about the need of blending folk media and modern mass media to create the "informed citizenry". Actually, this article is an experience based account of folk media rather than a scholarly research work.

Key words: folk media, communication, rural masses,

It wouldn't be exaggeration to say that we are living in the highly mediated world.  These days we see the world through the eyes of media. The devastating effects of earthquake and Tsunami's in Japan, Iraq's crisis, movements regarding democratic reform in  Egypt, Syria, Libya  or Bahrain , or Maoist insurgency in India, whatever be the form of current affairs, we see the fast changing world's latest scenarios through the eyes of  media, especially through the lens of TV camera.

Technology driven mass media have made this possible. We are being informed, educated, entertained and inspired by the mass media. Today the mass media has given "talking points" to scholars as well general publics and "priority lists" to general people in which they will be working on. It is general assumption that mass media have guided our destinations and routine of everyday life.

For these reasons, we know, the mass media has become a major source of information to the present-day world. Not only this, it has becoming a compelling force in this 21 century. But the saga of the mass media remains uncompleted, if we do not add the chapter of folk media in it. Actually, folk media is one of the important facets of the mass media. Folk media is also known as "traditional media". Some people differentiate between "folk media" and "traditional media" that has a long-standing presence in our society ranging from the far past to present days. Media experts have recognized it as an important vehicle that delivers information and culture to people from generation to generation. 

The forms of folk media are different.  In the past, Katuwal Karaune (Chants of messenger), Jhyali Pitne, Damaha Bajaune (drum beating), bugle blowing,  conch blowing,  etc. were in practice (this tradition is still alive) to inform people about important happenings in and around their locations. The tradition of Katuwal Karaune (chants of messenger) is still in place in some rural settlements of Nepal. Even today,  Katuwals have become newspapers, radios and TVs for many rural masses.

On the other hand, fairs (mela/jatra), religious functions (Satya Narayan Katha, Saptaha, etc.), customary ceremonies (birth, marriage etc.), folk songs, drama, ballads, riddling , storytelling, and so on are some other forms of folk media. These are indirect forms folk media. These traditional communication modes are not in the format of journalism. These modes of communication have connecting Nepali society in their own ways.

For example: the famous spiritual orator late Narayan Prasad Pokhrel's had addressed to rural masses conveying the messages of social welfare and spirituality. He collected millions of rupees by winning hearts and minds of people. The money raised at the function was spent on construction of educational institutions and other humanitarian aspects. His successor Dinbandu Pokhrel, his own son, is also following the same path. These orators seem to be cashing the deep-rooted "oral tradition" of rural masses for the well-being Nepali society. These two orators have shown the real power of folk media.

Before the advent of modern means of mass media (radio, television and newspapers), folk media had shouldered the sole responsibilities of communicating the people and it has been continuing its job of informing people till to this date. Of course, the communication process and system of folk media are not based on formats of modern communication pattern. However, it keeps on communicating the people in its own ways. The communication systems in far-flung areas are still based on folk media, which is bridging the communities.

For instance, we can see communication style of Gandavas, the occupational caste of singing. In the past, Gandarvas were very influential communicators. They had occupied the place of the modern mass media in rural areas. That's why they are known as "living newspapers". In the past, they used to roam village to village to collect money and food grains for their livelihoods by singing Karkha (an eventful song) and some popular folk songs. Gandarvas used to find themselves surrounded by the villagers if they entered in a village. These days some Gandarvas have entered the capital city and turned street musicians. They seem to be roaming in and around Thamel, a tourist hub, selling Sarangis to the tourists.

Karkha is a story-driven song concentrating on topsy-turvy lives of VIPs and current happenings. This also comprises some gruesome and big cases of murder, incidents, accidents and natural disasters. England's historic journey by the first Rana Prime Minister Jung Bahadur Rana, Nepal- Bhot war, Saga of Bal Bhadra, World War-II, the incident arson in Singh Darbar, and so on were contents of Karkha in the past. In the same way, famine, landslide and criminal cases viz. killings, robberies were also contents of Karkha.

In this way, Gandavas used to inform the people in the near past. Karkha had familiarized people not only with current affairs, but also social, political and cultural milieu of the country. Karkha is considered as one the important aspects of oral tradition. That is why it called 'the living history'.

Religious functions, jatras/melas, customary ceremonies and some other social gatherings are modes of communication that assist to exchange information of local importance. In these gatherings, people share news and views of their surroundings through the means of interpersonal and group communications. The positive aspects of interpersonal and group communications are that they create interaction among the people. It facilitates them to develop "we" feeling. It has given contribution to strengthen social capital and cultural capital.

Folk media is a pure local media. It creates local milieu to serve the local people. It is a proven fact that local media creates more interactions than any other national or transnational media does. The influences of local media are always powerful than that of other medias. Media's magnitude of effectiveness depends more on how interactive it is. Folk media is more interactive which gives rise to a feeling of ownership among the audiences. It is a great source that generates social capital and cultural capital in the society.

Importance of Folk Media

 We all are familiar with the fact that Nepal is poor and developing country. Nearly 80 percent of people live in far-flung rural areas. Rural people don't have reasonable access to mass media. There are no enough basic infrastructures through which the messages of modern mass media can reach there. Vast majorities of villagers are living their lives without proper transportation networks (road-links, air-links and other modern transportation modes) and media/communication networks (telephone booths, radio, television/cable TV, newspapers, Internet, e-mail, and the like). Newspapers can't reach there on time. On the other hand, the readership pattern and reading culture in the rural areas yet to be raised.

Low level of literacy, longer hours of load-shedding or acute power shortage, lack of tailor-made message to specific audiences, etc. has greatly hampered the message conveying job of Nepali mass media. A large section of people are living in acute poverty and cannot afford for sophisticated tools of communication. This situation speaks for the need of folk media.

A study conducted by Central Bureau of Statistics concludes that 53.1 and 22.5 households possess radio and television respectively. The same study says that 41.3 per cent households don't have access to both radio and television.

According to a rough estimate, terrestrial waves of Nepal Television cover only 62 per cent of population Nepal's total population and 41 per cent Nepal's total land mass. Similarly, Radio Nepal's a wave reaches out only 80 per cent portion of Nepal.

These statistics show a map of the media scenarios of Nepal. There is huge information gap between "information reach" and "information poor" in the county. There is a clear line of digital divide between haves and have nots.



Radio
TV

Neither Radio nor TV

Total Household
Nepal
53.1
22.5
41.3
4,174,371
Urban Area
64.7
54.9
24.0
664,507
Rural
50.9
16.4
44.5
3,509,864
Ecological belt (Mountain)
53.9
4.5
45.6
285,208
Hill
63.4
22.6
33.3
1,951,194
Terai
42.6
25.1
48.6
1,937,969
 Eastern Development Regions
48.8
19.3
45.4
1,000,356
 Central Development Region
53.6
32.9
38.7
1,456,754
Western Development Region
57.5
19.3
37.3
863,048
Mid Western Development Region
55.5
11.8
42.0
479,812
Far Western Development Region
49.5
11.6
48.4
356,401

(Source: Population Monograph of Nepal, Vol. 1, 2003)

Our mass media have big role to play to overcome problems related to discriminations and malpractice, which are widespread in the society. In this process, the mass media can integrate folk media to convey specific messages for and against the things, which are essential to make people aware of that. Folk songs, folk theatres, dialogues with accents of different local dialects and other forms of folk media can be used to convey desired messages.

These messages can be a public appeal for girl child education, peace and social harmony, nutrition, health, hygiene, immunization against (polio, measles, encephalitis), nature conservation and others.

In the same way, messages against corruption, social injustices, sexual harassment, child marriage, child labors, tobacco products, drug abuse, slavery and many more social evils and health hazards can be delivered by using folk media in mass media.

These messages can be useful informational capsules to feed illiterate rural masses. This is one of the right ways to feed information for illiterate people. Folk song of two lines is far better useful than article of two pages for rural masses. For example: rural masses will receive message well in their local dialect that that of standard Nepali language. The reason is that they feel ownership in it. That is why we can't negate the importance of folk media.

Nowadays different forms of folk media viz. folk songs, folk theatres etc. are being used in radio and television. But, it is matter of sorrow that market forces are heavily influencing these messages. In our mass media, one can see commercial messages rather than messages of social welfare. The result of this big irony is that voice of the voiceless people is being largely neglected.

Conclusion

Folk media has a huge role to play in the media sphere. The reality is that folk media is inextricably connected with culture/rituals whereas the mass media is heavily associated with information technology. Mass media is costly in comparison to folk media. Folk media is tailor made to the local requirement and local circumstances. To a greater extend, folk media follows the pattern of participatory communication approach. Its messages are produced and consumed by the local communities attracting much more social interactions.

We are in a state that we don't have option for not to choose folk media. In the same sequence, technology driven mass media is also equally important for us. Our ground reality recommends us that we need to mingle up folk media and mass media which may lead us to a wider information society.

Both folk media and the mass media need to be utilized to bridging the gap between "information rich" and "information poor" people. Integrating folk media in mass media and information technology can be one of the ways to bring marginalized and disadvantaged people into the arena of development.


Bibliography

Aditya, A. (1996). Mass media democratization: A country study in Nepal. Kathmandu: IIDS.

Dura, Y. B. (2006). Role of folk media in the age of information technology. In N. M.   Adhikary (Ed.), Communication, Mass media and Journalism Kathmandu:        Prashanti Pustak Bhandar. (Pp. 40-44).

Dura, Y. B. (Dec. 29, 2002). Folk Literature vs.Mass Media. The Rising Nepal.

Dura, Y. B. (2007). Impact of globalization in folksong. Bodhi, 1(1), 34-40.

Dura,Y. B. (2011). Suchana prabaha ma paramparagat sanchar pranali ko bhumika (Role of traditional communication system in information flow). Media Newsletter. Kathmandu: Madan Bhanari Memorial College. (P. 3).

Dr. Misha, P, S. (2001). Development Communication. In P. Kharel  (Ed). Media Practices   in Nepal.  Kathmandu: Nepal Press Institute. (Pp.145-182)

[This article was originally appeared in a book Communication, Mass media and Journalism (2006) and it is revised version of the same article.]

[Updated : Sept.21, 2011; January 31, 2012; July 5 2012; December 26, 2012 ]

Monday, June 27, 2011

Journalism and Mass Communication Teaching ----- One-Dimensional vs. Multi-Dimensional Person


-Yam Bahadur Dura

It is said that a good teacher is like a window through which many young people see their future. Ideally speaking, a teacher is the mentor of students who guides them to a beautiful future equipping them with life skills and knowledge. There is no doubt that a good teach is a 'role model'. His/her pattern of knowledge delivery and way of dealing assist many students to shape their future.

However, the ground reality seems to be different if we connect this philosophical aspect with a 'journalism and mass communication' teacher. To a greater extend, a 'journalism and mass communication' teacher has been failing to be a 'role model'. There are many more socioeconomic reasons behind this situation. For many, it has become a job of least priority, not that of first priority. Why? It has two mains reasons.  The first reason is that they do not see job security in teaching. The second reason is that teaching is low paid and low profile job in Nepal. It seems to me that teaching career has pursued by only those people who are either very much addicted to teaching career or  they have perceived it as a last resort .

These hiccups in 'teaching and learning environment' can leave far-reaching consequences on the career of teachers and future of students. This can led a teacher to a situation wherein s/he is compelled to be less loyal to his job of teaching. On the other hand, the existing situation has victimized students as well. Overtly or covertly, they have been missing a wholeheartedly devoted teacher.  This results in weak academic performance, especially in practical activities.

 Despite this adverse situation, 'journalism and mass communication' subject seeks a fully devoted teacher. Academically speaking, 'journalism and mass communication' is a high demanding subject in terms of its course requirements. To deliver a full-fledged knowledge regarding the subject matter to his/her students, a 'journalism and mass communication' teacher should be a versatile person. This means s/he should have both theoretical and practical knowledge with regard to news gathering, newsroom process (even darkroom process), dimensions of communication, and many more media-related technological aspects along with knowledge of teaching pedagogy.  In addition, s/he should spend much time with the assignment of students beyond his/her normal duty hours.

 These necessities raise serious questions. Is a 'journalism and mass communication' teacher capable enough to meet all those requirements in this present socioeconomic situation? Being a low paid job holder, a 'journalism and mass communication' has to take more periods at different colleges. S/he must do it because it is a question of livelihood. This marathon-like race has given them a new identity. They are notoriously known as 'helmet teachers' who run like a runner college to college for their livelihood . What about quality if s/he spends much of the times by running here and there? Do they have free time to consult a library? Can s/he pay for expensive latest books to earn fresh insights regarding his/her subject matter? This state of affairs hardly lets them to paint a rosy picture of their own and that of academic environment.  By and large, the morale of a 'journalism and mass communication' teacher does not seem to be that much high.Only handful of 'journalism mass communication' teachers seem to be proud of their job.

Let's talk about academic environment of teaching and learning, Due to lack of enough public forums for discussion, many intellectuals have rarely got chances to floor their ideas among the wider circle of scholars. This has minimized potentials of exploring cognitive domain (knowledge, comprehension, application, analysis, synthesis and evaluation) and affective domain (characterizing, conceptualizing valuing, responding, and receiving).  For the betterment of teaching and learning environment, maximum exploration of cognitive domain and affective domain is a must.   The absence of these domains many of the intellectual works in 'journalism and mass communication' sector have gone unchecked, which is considered to be big hurdle in 'teaching and learning environment.' This is because there is lack of culture of extensive public discourse.  Public forums like Martin Chautari should be opened to promote this culture.

 The profession of teaching - no matter whatever disciple of study it is - demands a 'multi-dimensional person'. But our socioeconomic environment is frequently trying to produce a 'one dimensional person'.  This reality has forced us to conclude that 'journalism and mass communication' teacher has become a magic window through which one can see a distorted view of future. That's why the magic window should be corrected by removing its loopholes. To this end, the present socioeconomic environment should be taken into right direction. By doing this, we can begin a journey through which we can reach a prosperous future.

[Courtesy: Media Newsletter (June, 2011), which is a publication of Communication Study Center (CSC)/ Department of  Journalism and Mass Communication at Madan Bhandari Memorial College.]

[Updated : January 31; 2012, June 27, 2012]