-यमबहादुर दुरा
समय प्रवाहमय छ । समयको सतत् प्रवाहमा लोकजीवनका धेरै पाटाहरू ओझेलमा पर्दैछन् । सँगसँगै जनजीवनका नवीनतम् पाटाहरू नयाँ रूपरङ्गमा दृष्टिगोचर हुँदैछन् । अहिले डिजिटल चौतारीहरूको उभार आएको छ । डिजिटल चौतारी (सोसल मिडिया) मा थकाइ मार्ने, गफगाफ गर्ने, नयाँ साथीसंगी–दौंतरीहरूसँग भेटघाट गर्ने क्रम बढ्दो छ ।
डिजिटल चौतारीले बलवान् समयको साथ पाएर स्वर्ण युगततर्फ उन्मुख छ । तर, हाम्रा बाउबाजेले बनाएका वास्ताविक चौतारी भने अधपतनतर्फ उन्मुख छ । माकुराको जालो जस्तो गरी बनेका मोटरको बाटोले चौतारीलाई बिरानो बनाउँदै लगेको छ । अब, नयाँ चौतारी बन्ने सिलसिला धेरै हदसम्म अन्त्य भएको छ । भएका धेरैजसो चौतारीहरू मर्मत–सम्भारको अभावमा जीर्ण हुँदै गएका छन् । भए-गरेका चौतारी पनि बटुवा, खेतला–गोठाला र भरियाको अभावमा शून्य र निष्प्रण बन्दैछन् ।
विगतमा चौतारी लोकजीवनको अभिन्न अङ्ग थियो । हामीकहाँ एउटा उखान प्रचलित छ, ‘चोरलाई चौतारो साधुलाई सूली’ । यसले हाम्रो सामाजिक मनोविज्ञानलाई त इङ्गित गरेको छ नै, चौतारी न्याय निसाफ छिन्ने थलो पनि थियो भन्ने दर्साउँछ । हुन पनि, विगतमा चौतारीमै कहचरी बसिन्थ्यो, त्यही न्याय-निसाफ छिनिन्थ्यो ।

विगतमा चौतारी बहुउद्देश्यीय जमघटको थलो थियो । चौतारी भेटघाट र जमघटको उर्वर थलो थियो । बटुवा, खेतला–गोठाला र भरियाले चौतारीमा थकाइ मार्थे । उनीहरूबीच एकआपसमा वार्तालाप हुन्थ्यो । हुने जमघटले असंख्य रसिलो-भरिलो लोकगीत जन्माउन सघायो । प्रस्तुत लोकगीत चौतारीले नै जन्माएको प्रतीत हुन्छ:
यो मायाले गरेन वास्ता
चौतारीको छेवैमा मै बस्दा
चौतारीमा एकआपसमा मनको वह पोखिन्थ्यो । स्थानीय जनजीवनसँग जोडिएका घटनाक्रमबारे सूचना आदानप्रदान हुन्थ्यो । विगतमा चौतारी विश्रामस्थल वा आश्रयस्थलमात्र नभएर सूचना केन्द्र पनि थियो । अल्लो गाउँ पल्लो गाउँका बासिन्दा र चेलीबेटी-माइतीको सूचना आदान प्रदान गर्नमा चौतारीको भेटघाटले ठूलो भूमिका खेल्थ्यो ।
धर्मभीरु नेपाली समाजमा चौतारीको बेग्लै महत्व छ । चौतारी बनाउँदा पूण्य मिल्छ भन्ने आममान्यता छ । विगतमा पूण्यात्माहरूले ठाउँ ठाउँमा चौतारी बनाउथे । त्यसमा बरपीपलको बोट सार्थेे । बरलाई बेहुला र पीपललाई बेहुली बनाएर विवाह गरिदिन्थे । सानोतिनो भोजभतेरको चाँजोपाँजो मिलाइन्थ्यो । चैत–वैशाखको याममा बटुवाका तिर्खा मेट्न घैंटामा चिसो पानीको व्यवस्था गरिन्थ्यो ।
चौतारी संस्कृतिमा जोडिएको बरपीपलको प्रसङ्गलाई लिएर अनेकन् लोकगीत रचिएका छन् । धेरैले सुनेको एउटा गीत छ, जसले चौतारी र ग्रामीण जीवनको अन्तरसम्बन्धबारे जीवन्त तस्बिर उतारेको छ :
पीपलसँगै बर
पीपलुको छायाँमुनि मायालुको घर
बर-पीपलको गाथा यत्तिमै सकिँदैन । हिन्दू धर्ममा बर-पीपलको निकै महत्व छ । पूजापाठमा बरपीपलको पात अनिवार्य मानिन्छ । देवात्मा, अश्वत्थ, वृक्षराज आदि नामले परिचित पीपलको वृक्षमा देवताको बास हुन्छ भन्ने मान्यताले गहिरोसँग जरो गाडेको छ ।
यही मान्यतामा आधारित भएर कतिपय देवीदेवताका थान पीपलमुनि स्थापित छन् । पीपलको विरुवा सार्दा र पीपलको वृक्षलाई दाहिने पारेर घुम्दा शुभघडी आउँछ मान्यता पनि उत्तिकै बलियो छ । प्रस्तुत गीतले यही वास्तविकता उजागर गर्छ :

डाँडैमा पीपल सारेर
भेट हुन आउनू है मायालु त्यही पीपल दाहिने पारेर
गुणी वृक्ष बर–पीपलसँग धेरैको सम्झना जोडिएका छन् । ग्रामीणजनहरूका कुराकानीमा लहरे पीपल, ढल्के बर आदि शब्दावली सुनिन्छन्, जुन गीतमा पनि प्रतिविम्बित हुन्छन् । नीता पुन मगरले यिनै शब्दावली प्रयोग भावुक गीत गाएकी छिन् :
‘लहरे पीपल ढल्के बरैको,
कर्मघर जुन ठाउँमा भए नि झल्को आउँछ, माइतीघरैको
‘लहरे पीपल ढल्के बरैको,
कर्मघर जुन ठाउँमा भए नि झल्को आउँछ, माइतीघरैको
चेतनशील प्राणी हुनुको नाताले मृत्युचेत मानिसमा प्रबल छ । उसका लागि मृत्यु सबैभन्दा ठूलो सत्य पनि हो । हरेक व्यक्तिमा मृत्युचेत भए पनि कसै यो चेत धेरै नै बढी हुन्छ । हाम्रा बूढापाकाहरूले आफ्नो मृत्युको तिथिमिति मिलाउँथे भन्ने भनाइ पनि गाउँघरमा सुनिन्छ । चौतारीमा सारिने पीपलको पीपलको वृक्षलाई विम्ब र सूचक मानेर मृत्युचेतबारे गीत रचिएका छन् । त्यही भएर त बूढापाकाले भन्ने गर्थे:
अहिले साल मरिन्छ क्यारे
ओइलायो राम्दीमा पीपलु
चौतारी संस्कृति र यससँग जोडिएका विविध पक्षबारे असंख्य गीत भेटिन्छन् । तर, ती गीत सग्लो रूपमा छैनन् । चौतारी संस्कृतिलाई मात्र केन्द्रमा राखेर गीत रचिएको भने त्यति पाइँदैन । अहिलेसम्म भेटिएका गीतले आंशिक रूपमा मात्र चौतारी संस्कृतिलाई छोएको पाइन्छ । जस्तैः ‘देउरालीमा पीपलु चौतारी, पाइनँ मैले हितैको दौँतरी’ । यो गीतमा पीपलु चौतारीको प्रसङ्गलाई ‘पाइनँ मैले हितैको दौँतरी’ भन्ने सन्देश प्रवाह गर्नका लागि मात्र अघि सारिएको देखिन्छ । धेरैजसो नेपाली लोकगीत अन्त्यानुप्रासयुक्त हुनाले अन्त्यानुप्रास मिलाउनका लागि मात्र यहाँ ‘देउरालीमा पीपलु चौतारी’ को प्रसंग आएको छ ।
धेरैजसो अंग्रेजी गीत कुनै खास विषयमा मात्र केन्द्रित भएर बनाइएका हुन्छन् । उदाहरणका लागि कुनै हिमाल, नदी, ताल आदिमा सिङ्गो गीत समर्पित हुन्छन् । नेपाली लोकगीतमा यस्तो परम्परा नभएको होइन तर एकदम कम छ । कुनै निश्चित विषयमा केन्द्रित भएर गीत बनाउने परम्परामा वृद्धि हुन आवश्यक आवश्यक छ । यसो भएमा चौतारीलगायत असंख्यमा विषयमा गाथामूलक गीत तयार हुन सक्थे ।
चौतारी संस्कृति कति पुरानो हो, यसको लेखाजोखा गर्न सहज छैन । चौतारीसँग गाँसिएका तमाम लोकविश्वास र अनुष्ठानलाई अवलोकन गर्दा यो हजारौं वर्ष परम्परा हो भन्न सकिन्छ । यसलाई नेपाली लोकगीतले कति गहिराइका साथ समेटेको छ, यसबारे विशद अध्ययन हुन बाँकी नै छ । गहन खोज अनुसन्धानपछि मात्र लोकगीत र चौतारी संस्कृतिको अन्तरसम्बन्धबारे धेरै पक्ष पटाक्षेप हुन सक्छ । अहिलेलाई यति नै ।
[ लोकसंवाद । २०७६ साल वैशाख २० गते । ]
[अद्यावधिक : २०७७।०३।१५, २०७८।०७।१२, २०७८।१०।१७]
No comments:
Post a Comment